काठमाडौं । चाइनिज प्रिमियम ईभी निर्माता कम्पनी जिकरको जिकर एक्स ईभीले हालै २०२४ युरो एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ । यसअन्तर्गत मापन गरिएको स्ट्यान्डर्ड अनुसार जिकर एक्स बेस्ट इन क्लास ईभी बनेको छ।
एडल्ट अकुपेन्ट प्रोटेक्सनअन्तर्गत फ्रन्टल र लेटरल इम्प्याक्ट रिजल्टमा जिकर एक्सले ९१ प्रतिशत स्कोर पाएको छ । त्यसैगरी चाइल्ड अकुपेन्ट प्रोटेक्सनमा ९० प्रतिशत स्कोर पाएको छ । यसमा भएको आइसोफिक्स र आई–साइज स्टिलिङ पोजिसनमा म्याक्सिमम प्वाइन्ट पाएको छ।
भल्नरेवल रोड युजर्स प्रोटेक्सनमा यसले ८४ प्रतिशत स्कोर पायो। यसमा भएको अटोनोमस इमर्जेन्सी ब्रेकिङ सिस्टम र साइक्लिस्ट ‘डोरिङ’ प्रिभेन्सनले यसमा भूमिका खेलेको छ।
सेफ्टी असिस्ट क्याटागोरीमा यसले ८३ प्रतिशत स्कोर पाएको छ। यसमा भएका लेन किपिङ असिस्ट, ट्राफिक साइन रिकग्निसन र ड्राइभर मोनिटरिङ सिस्टम लगायतका फिचरले यसमा भूमिका खेलेको छ।
जिकर एक्समा भएका ई–कल इमर्जेन्सी अलर्ट सिस्टम, मल्टी–कोलिजन ब्रेकिङ र विभिन्न सेफ्टी फिचरले कारलाई विशेष सुरक्षित बनाएको मान्न सकिन्छ।
नेपाली बजारमा समेत जिकर एक्स बिक्रीका लागि उपलब्ध छ। नेपालमा यसको आधिकारिक वितरकको रुपमा पायोनियर मोटोकर्पले कार्य गरिरहेको छ।
नेपाली बजारमा स्ट्यान्डर्ड र फ्ल्यागसिप गरी दुई भेरिएन्टमा जिकर एक्स उपलब्ध छ। यसको मूल्य क्रमशः ८४ लाख ९९ हजार र १ करोड ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।





























प्रतिक्रिया