काठमाडौँ । हुन्डाईले ६ वटा भेरिएन्टमा उपलब्ध हुने एसयूभी क्रेटा इभी लन्च गरेको छ । क्रेटा ईभी नेपाली बजारमा समेत निकै प्रतिक्षा गरिएको एसयुभी हो ।
यो नयाँ ईभीको सुरुवाती मूल्य १८ लाख भारु पर्ने जनाइएको छ । तर भारतीय बजारमा कायम गरिएको मूल्यलाई आधार मान्दा नेपाली बजारमा यसलाई ५२ लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।
क्रेटा ईभी ४२ किलोवाट आवर र ५१.४ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध हुनेछ, जसमा ४२ किलोवाट आवर ब्याट्री प्याक भर्सन एक्जक्युटिभ, स्मार्ट, स्मार्ट (ओ) तथा प्रिमियम भेरिएन्टमा उपलब्ध हुनेछ भने लङ रेन्ज भर्सन स्मार्ट(ओ) र एक्सिलेन्स भेरिएन्टमा उपलब्ध हुने जनाइएको छ ।
सानो ब्याट्री जडित क्रेटा ईभीको मूल्य भेरिएन्ट अनुसार क्रमशः १८ लाख, १९ लाख, १९ लाख ५० हजार र २० लाख भारु निर्धारण गरिएको छ भने लङ रेन्जको मूल्य २१ लाख ५० हजार र २३ लाख ५० हजार भारु तोकिएको छ ।
यसमा एड्भान्स क्लाइमेट कन्ट्रोल, बोसको ८ स्पिकर अडियो सिस्टम, १०।२५ इन्चको ड्युअल कर्भिलिनियर स्क्रिनसहितको एचडी इन्फोटेनमेन्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, कुल्ड ग्लोभ बक्स, २६८ भाषामा भ्वाइस कमाण्ड, प्यानोरामिक सनरुफ, हुन्डाई ब्लुलिङ्क कनेक्टिभिटी जस्ता फिचर छन् ।





























प्रतिक्रिया