काठमाडौँ । भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा सुजुकी मोटरसाइकल इन्डियाले आफ्ना ३ नयाँ स्कुटर सार्वजनिक गरेको छ । एक्स्पोमा कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ई–एक्सेसका साथै जिक्सर एसएफ २५० पनि सार्वजनिक गरेको छ ।
सँगै सुजुकीले आफ्नो लोकप्रिय स्कुटर एक्सेसको अद्यावधिक संस्करण लन्च गरेको छ । एक्सेसको अपडेटेड संस्करण सुजुकी एक्सेस १२५ एक्सपो २०२५ मा लन्च गरिएको हो ।
लिथियम आइरन फस्फेट ब्याट्री समावेश सुजुकी ई–एक्सेसमा ३.०७ किलोवाट क्षमताको ब्याट्री समावेश छ, जसले ९५ किलोमिटरको रेन्ज दिन्छ । ४ घण्टा ४२ मिनेटमा फुल चार्ज गर्न सकिने यसको स्पिड ७१ किलोमिटर प्रतिघण्टा रहेको छ ।
जसलाई फास्ट चार्जरबाट सो ब्याट्री मात्र २ घण्टा २० मिनेटमा फुल चार्ज गर्न सकिन्छ । भारतमा सो स्कुटरको प्रारम्भिक एक्स शोरुम मूल्य ८१ हजार ७०० रुपैयाँ रहेको छ ।





























प्रतिक्रिया