जेएसडब्ल्यू एमजीको साइबरस्टर इलेक्ट्रिक सुपर कारमा के–के छन् विशेषता ?

जेएसडब्ल्यू एमजीको साइबरस्टर इलेक्ट्रिक सुपर कारमा के–के छन् विशेषता ?

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । भारतीय बजारमा जेएसडब्ल्यू एमजीले टु डोर इलेक्ट्रिक कारका रूपमा एमजी साइबरस्टरलाई प्रस्तुत गरेको छ । सिजर डोरसहितको विशेषता रहेको यसको डिजाइन निकै एयरोडाइनामिक बनाइएको छ ।

कम्पनीले यसमा शक्तिशाली ब्याट्री र मोटर उपलब्ध गराएको छ । १४४ किलोवाटको फास्ट चार्जरबाट ३८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने यसको व्याट्रीलाई फुल चार्ज गरेपछि ५०७ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ ।

गाडीमा जडान गरिएको मोटरले ३७५ किलोवाटको पावर र ७२५ एनएमको टर्क जेनेरेट गर्छ । यसलाई ३.२ सेकेण्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउन सकिने कम्पनीको भनाइ छ । यसको टप स्पिड १९५ किलोमिटर प्रतिघण्टा छ भने यसमा १०.२५ इन्चको भर्चुअल क्लस्टर, ७ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र ७ इन्चको ड्राइभर टचस्क्रिन उपलब्ध छ ।

यसमा बोस साउन्ड सिस्टम, वाई सेप स्पोर्ट्स सिट, १९ र २० इन्चको अलोय ह्विल, फुल इलेक्ट्रिक हुड, एन्ड्रोइड अटो, एप्पल कार प्ले जस्ता धेरै फिचर दिइएको छ । मार्च २०२५ देखि यसको डेलिभरी सुरु हुने छ ।

Skip This
Skip This
Logo