काठमाडौँ । आइसिन कम्पनीले एएसकेसँगको ज्वाइन्ट भेन्चरमा टोयोटाका सवारी साधनमा लाग्ने आफ्टर मार्केट पार्ट्सको उत्पादन गर्ने भएको छ ।
कम्पनीका अनुसार भारतमा आइसिनका क्लच, लुब्रिकेन्ट, ब्याट्री, फ्युल पम्प लगायतका विभिन्न पार्ट्स उत्पादन हुनेछन् । त्यहाँबाट भारतसहित नेपाल, श्रीलंका र बंगलादेशमा निर्यात गरिने छ । भारतमा आगामी अप्रिल १ देखि यी उत्पादनको औपचारिक बिक्री वितरण शुरु गरिने बताइएको छ ।
नेपालमा श्री एसटीसी ग्रुप अन्तर्गतको कलस अटो इन्टरप्राइजेजले एएसकेका उत्पादन बिक्री वितरण गरिरहेको छ । यस अनुसार आइसिनका उत्पादन समेत कलसले नै बिक्री वितरण गर्नेछ ।































प्रतिक्रिया