माघ ९ देखि देशभर ‘एक्सचेन्च फेस्ट’ हुँदै, पुराना गाडीसँग बीवाईडीको ब्रान्ड न्यू ईभी साट्न सकिने

माघ ९ देखि देशभर ‘एक्सचेन्च फेस्ट’ हुँदै, पुराना गाडीसँग बीवाईडीको ब्रान्ड न्यू ईभी साट्न सकिने

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ ।

९ माघदेखि १३ माघसम्म सञ्चालन हुने एक्सचेन्ज फेस्टमा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग बीवाईडीको ब्रान्ड न्यू ईभी साट्न सक्नेछन् । यसरी एक्सचेन्ज गर्दा ग्राहकले उत्कृष्ट मूल्यांकनको साथै एक्सचेन्ज बोनस, लोयल्टी बोनस, निःशुल्क प्रिमियम एसेसोरिज र निःशुल्क चार्जर जडानको सुविधा पाउनेछन् ।

कार्यक्रम काठमाडौं उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगञ्ज, पोखरा, बनेपा, नेपालगञ्ज र नारायणगढमा आयोजना हुनेछ । एक्सचेन्ज फेस्टमा सहभागी भएर ग्राहकले पुरानो गाडीसँग बीवाईडीको एट्टो३, डल्फिन र एम६ जस्ता चर्चित र लोकप्रिय ईभी एक्सचेन्ज गर्न सक्नेछन् ।

बीवाईडी नेपाली बजारमा सर्बाधिक बिक्री हुने ईभी ब्रान्ड हो । नेपाली बजारमा यसको एट्टो३, डल्फिन र एम६ मोडल निकै लोकप्रिय मानिन्छन् ।

Skip This
Skip This
Logo