काठमाडौँ । एमएडब्लु वृद्धिले विश्वकै पहिलो ‘ट्रान्सफर्मर’ एसयूभी दिपल ई०७ सार्वजनिक गर्ने तयारी गरेको छ । ई०७ एसयूभी मात्र नभई ‘लाइफस्टाइल स्टेटमेन्ट’ हुने कम्पनीको भनाइ छ ।
दिपल ई०७ ले चांगानको १६३ वर्ष लामो विरासतलाई नयाँ युगमा पुर्याउने अपेक्षा गरिएको छ । यस सवारीले अफरोड क्षमतालाई पनि सम्बोधन गरेको छ ।
दिपल ई०७ संसारकै पहिलो ‘मास–प्रड्युस्ड ट्रान्सफर्मर एसयूभी’ हो जुन एउटा बटन थिच्दा एसयूभीबाट ट्रकमा कन्भर्ट हुन्छ । यसको डिजाइन ‘स्लिक र एरोडाइनामिक्स’लाई ध्यानमा राखेर गरिएको छ ।
यसको १९० किलोवाटको ‘रियरह्विल ड्राइभ’ले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्छ । यस्तै, ‘अल्ट्रा–फास्ट डीसी चार्जर’को क्षमता रहेको यसको रेन्ज ५६६ किलोमिटर ‘डब्लुएलटीपी’ रहनेछ ।
अफरोडका लागि यसमा अत्याधुनिक ‘सस्पेन्सन सिस्टम’ राखिएको छ । अगाडि ‘डबल विसबोन’ र पछाडि ‘एच आर्म सस्पेन्सन’ राखिएको छ जसले ‘रोड इम्प्याक्ट’लाई सोस्नुका साथै खराब सडकमा ‘टायर कन्ट्याक्ट’लाई ‘स्टेबल’ राख्छ । नेपालका लागि चांगान कार तथा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि रहेको छ ।





























प्रतिक्रिया