नेपाली बजारमा आयन भीका दुई भेरियन्ट सार्वजनिक, कति पर्छ मूल्य ?

नेपाली बजारमा आयन भीका दुई भेरियन्ट सार्वजनिक, कति पर्छ मूल्य ?

केन्द्रबिन्दु
87
Shares

काठमाडौं । सीजी मोटर्सले चिनियाँ ब्रान्ड आयन भीका दुई भेरियन्टका गाडी नेपाली बजारमा सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण कुमार चौधरीले उक्त ईभी गाडीको सार्वजनिक गरेका हुन् । 

कार्यक्रममा आयनका प्रमुख पदाधिकारीहरूको पनि विशेष उपस्थिति रहेको थियो । जसमा एशियन क्षेत्रका कन्ट्री प्रबन्धक ड्यानियल चोउ, मार्केटिङ प्रबन्धक हान्न ताओ, उत्पादन प्रबन्धक प्याट्रिक यु, र मार्केटिङ विशेषज्ञ भिक्टोरिया वाङको उपस्थिति रहेको थियो। 

दुई भेरियन्टमा उपलब्ध, आयन भीले प्रत्येक यात्राको लागि उत्कृष्ट प्रदर्शन, आरामदायी सुविधाहरू प्रदान गर्ने बताइएको छ । एलीट भेरियन्टले ५२० किलोमिटरको रेन्ज प्रदान गर्दछ । जुन ६२.७ (किलोवाट प्रति घण्टा) क्षमताको म्यागजिन ब्याट्रीबाट सञ्चालित छ । 

लामो यात्रा चाहनेहरूका लागि, लक्जरी भेरियन्टले ६५० किलोमिटरको प्रभावशाली रेन्ज प्रदान गर्छ । जसमा यस सेग्मेन्टको सबैभन्दा बढी ७५.३ (किलोवाट प्रति घण्टा) क्षमताको म्यागजिन ब्याट्री समावेश छ । 

लक्जरी भेरियन्टमा पहिलो पटक यस सेग्मेन्टको गाडीमा ड्राइभर र को–ड्राइभर बस्ने यात्रुका लागि आठ पोइन्ट मसाज सिट र आर्मरेस्टमा इन–बिल्ट फ्रिज समावेश गरिएको छ । 

यसमा १५ विभिन्न स्मार्ट ड्राइभिङ् फङ्क्शन, म्यागजिन ब्याट्री, ७ एयरब्यागहरू, र फराकिलो तथा आरामदायी इन्टेरियर समावेश छ। यो एसयूभीले ५–स्टार सुरक्षा मापदण्ड पनि प्राप्त गरेको छ । 

साथसाथै, स्मार्ट टेलगेट ओपनिङ, ड्राइभ क्षमता बढाउन इनडसट्रि–अग्रणी हीट पम्प, र ड्राइभर तथा अगाडिको यात्रुको लागि हिटेड र भेन्टिलेटेड सिटजस्ता सुविधाहरूले थप उचाइमा पुर्याउँदै यसलाई यसको वर्गमा एक विशेष विकल्प बनाएको छ । 

कम्पनीले आयन  भोकी मूल्य इलाइट भर्जनको ६४ लाख ९९ हजार र लक्जरी भर्जनको ६९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । 

आयनले चीनमा गुणस्तरको हिसाबले नम्बर वान ईभी ब्रान्डको रूपमा आफ्नो पहिचान कायम गरिसकेको छ । उच्च प्रविधि, उच्च सुरक्षा मापदण्ड, र वातावरणमैत्री डिजाइनका कारण आयनले विश्वव्यापी अटोमोबाइल उद्योगमा नयाँ मापदण्ड कायम गर्दै आएको बताइएको छ ।

Logo