नेपालमा हुन्डाईको ‘क्रेटा ईभी’ आउँदै, बजारमा बनाउन सक्ला पकड ?

नेपालमा हुन्डाईको ‘क्रेटा ईभी’ आउँदै, बजारमा बनाउन सक्ला पकड ?

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । नेपाली बजारमा हुन्डाईको क्रेटा ईभी फागुनको अन्तिमसम्ममा आइपुग्ने भएको छ । भारतीय बजारमा सार्वजनिक भइसकेको बहुप्रतिक्षित उक्त गाडी नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्याउन लागेको हो ।

दुईवटा भेरियन्टमा उपलब्ध रहेको क्रेटा ईभी छिट्टै ल्याउने तयारीमा रहेको कम्पनीले यसअघि नै घोषणा गरिसकेको छ । इन्ट्रोडक्टरी र लङ रेन्ज गरी दुईवटा भेरियन्ट क्रेटा ईभीमा आधुनिक फिचरहरू समावेश गरिरहेको छन् ।

उक्त दुई भेरियन्ट नै नेपाल ल्याउने कम्पनीको तयारी रहेको छ । इन्ट्रोडक्टरी भेरियन्टको क्रेटा ईभीमा ४२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । जसले एक पटकको फुल चार्जमा ३९० किलोमिटरको रेन्ज प्रदान गर्छ ।

यस्तै, १३५ पीएस पावरदेखि १७१ पीएस पावर मोटर भएको लङ रेन्ज भेरियन्टमा ५२ किलोवाट आवरको ब्याट्री प्याक छ । उक्त गाडीले एकपटकमा ४७३ किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको भनाई छ ।

२०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको यो गाडीमा उच्च टर्क हुनुका साथै सहरी, पहाडी साथै अफ–रोड मज्जाले कुदाउन सकिने बताइएको छ । फास्ट डिसी चार्जरबाट चार्ज गर्न मिल्ने यो गाडी १० देखि ८० प्रतिशत चार्ज केबल ५८ मिनेटमा पूरा हुने दाबी गरिएको छ ।

गाडीमा २६१० एमएमको ह्वील बेसको साथमा क्रेटा ईभीमा ४३३ लिटरको बुथ स्पेश रहेको छ । नेपालमा हुन्डाईका इलेक्ट्रिक भेहिकल (ईभी) गाडी ग्राहकको निकै रोजाइमा परेका छन् । हुन्डाई उत्पादन गरेका ईभी गाडीहरू दमदार पर्फर्मेन्स भएकै कारण आम ग्राहकको रोजाइमा पर्दै आएका छन् ।

त्यसैले यो गाडी पनि नेपाल आएपछि उच्च संख्यामा ग्राहकको रोजाइमा गर्ने कम्पनीले विश्वास लिएको छ । प्रतिस्पर्धी ईभी नेपाली मार्केटमा यो गाडीको मूल्य पनि बजार सहाउँदो हुने भएकाले अटो मार्केटमा आफ्नो छुटै पहिचान क्रेटा ईभीले बनाउने देखिन्छ ।

Logo