नेपाली वस्तुको बजारीकरणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको खाँचो छ -अध्यक्ष ढकाल

नेपाली वस्तुको बजारीकरणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको खाँचो छ -अध्यक्ष ढकाल

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपाली वस्तुको स्वदेश तथा विदेशमा बजारीकरणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको खाँचो रहेको बताएका छन् ।

नेपाल पश्मिना उद्योग सङ्घको अन्तर्राष्ट्रिय स्तरको पहिलो तीन दिने पश्मिना महोत्सव तथा प्रदर्शनीकाे उद्घाटन समाराेहमा बोल्दै अध्यक्ष ढकालले यस्ताे बताएका हुन् । नेपाली उत्पादनको गुणस्तरमा कुनै कमी नरहेको उनकाे भनाइ छ ।

नेपाली उत्पादनको प्रवद्र्धनमा महासङ्घले पनि आवश्यक सहयोग तथा सहकार्य अगाडि बढाउने अध्यक्ष ढकालले प्रतिबद्धता जनाए ।

Logo