काठमाडौं । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन)ले खाद्य अधिकार र खाद्य सम्प्रभुत्ताको विषयमा राष्ट्रिय संवाद सम्पन्न गरेको छ । बिहीबार आरआरएनले आरटिएफएन, एफआईएएन नेपाल, एलडीसी वाच, राष्ट्रिय किसान समूह महासंघ, र डब्लुएचएचलगायतका संस्थासँगको सहकार्यमा संवाद सम्पन्न गरेको हो ।
कार्यक्रममा खाद्य सुरक्षासम्बन्धी व्यक्तिहरुको उल्लेखनिय सहभागिता थियो । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्दै जलवायु परिवर्तन र आर्थिक असमानता नेपालमा खाद्य सुरक्षाका लागि ठूला चुनौतीका रूपमा रहेका बताए । ‘सबै नेपालीको खाद्य अधिकार सुनिश्चित गर्न, खाद्य सम्प्रभुत्ता प्राप्त गर्न र नेपालको दिगो विकासमा अर्थपूर्ण योगदान पुयाउन मन्त्रालय प्रतिबद्ध रहेको छ’ अधिकारीले भने ।
फियान नेपालका कार्यकारी निर्देशक अशोक सिंहले प्रान्तीय र स्थानीय स्तरमा ऐन, नीति, तथा उपनियमहरूको निर्माणजस्ता प्रशंसनीय उपलब्धिहरू भए पनि हरेक नेपालीको अधिकार सुनिश्चित गर्नको यात्रा अझै अपूर्ण भएको जनाए ।
देशका गम्भीर खाद्य सुरक्षासम्बन्धी समस्या समाधानमा केन्द्रित भई गरिएको कार्यक्रम उद्घाटन सत्र र प्यानेल छलफल गरी दुई भागमा बाडिएको थियो । जसमा उद्घाटन सत्रको अध्यक्षता आरआरएनका कार्यकारी अध्यक्ष डा. अर्जुन कार्कीले थिए भने डा. रत्न कार्कील कार्यक्रम संचालकका रुपमा भुमिका निभाएका थिए ।
प्यानल वक्ताका रुपमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत संसदीय समिति, रेणुदेवि साह, दलित महिला अधिकारकर्मी बिमला विक, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. मतिना जोशी बैंध्य, खाद्यका लागि कृषि अभियान तथा कृषक समुह महासंघका सल्लाहकार उद्धव अधिकारी, राष्ट्रिय अपांंगता महासंघका सल्लाहकार डा. बिरेन्द्र राज पोखरेल, नार्कका बिउ बैज्ञानिक बालकृष्ण जोशीलगायकाले सहभागी जनाएका थिए ।































प्रतिक्रिया