माघ १७ देखि आठौं अन्तर्राष्ट्रिय चेम्बर एक्स्पो हुने

माघ १७ देखि आठौं अन्तर्राष्ट्रिय चेम्बर एक्स्पो हुने

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । भृकुटीमण्डपमा आठौं अन्तर्राष्ट्रिय चेम्बर एक्स्पो आयाेजना हुने भएको छ ।

नेपाल चेम्बर अफ कमर्सले वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा आयोजना गर्ने उक्त एक्सपो माघ १७ गते देखि २१ गते सम्म सञ्चालन हुने भएको हो ।

यस विशेष प्रदर्शनीमा आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धन गर्ने उदेश्यका राखिएको चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । एक्स्पोले स्थानीय उत्पादनहरुको प्रवद्र्धन एवं बजारीकरण तथा व्यापार अभिवृदि गर्नमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

क्षेत्रिय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भैरहेको आर्थिक गतिविधी, प्रविधिको प्रयोग एवं व्यापार व्यबस्थापनका नयाँ आायामहरुलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले बताए ।

एक्स्पोमा कृषिजन्य वस्तुहरु, हस्तकला, लत्ताकपडाका सामानहरु, अटोमोबाइल, ईलेक्ट्रोनिक्स, लजिक्टीक्स, टेक्सटाइल, फर्निचर, गार्मेन्ट, लेडर गुड्स, ज्वेलरी आइटमहरु राखिनेछन् । एक्सपोमा नेपाल, भारत, बंगलादेश, चिन, थाईल्यानण्ड, युएई, दक्षिण कोरीया, मलेसिया, पाकिस्तान लगायत देशमा उत्पादित वस्तुहरु प्रदर्शनीमा राखिनेछ ।

प्रदर्शनीमा १२५ भन्दा बढि स्टलहरु हुनेछन् । जसअन्तर्गत १२ वटा एआई र सफ्टवेरका स्टलहरु राखिनेछन् । एक्स्पो ५० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा राखिएको छ ।

Logo