काठमाडाैं । जिटोर ब्रान्डको नेपालका लागि आधिकारिक वितरकमा सीजी मोटर्स प्रालि अनुबन्ध भएकाे छ ।
चेरी ग्रुपअन्तर्गतकाे अग्रणी ब्रान्ड जिटोर बलियाे र भरपर्दाे एसयुभीका लागि प्रसिद्ध छ । सीजी मोटर्स र जिटोरबीचको याे सहमतिले अब जिटोरका आरएचडी उत्पादनहरू सीजी मोटर्स नेटवर्कमार्फत नेपालमा ल्याइनेछ । यो सहकार्यले नेपालमा एक अत्याधुनिक, द्रुत गतिमा बढ्दो र विश्वसनीय ईभी ब्रान्डहरू ल्याउने तयारी गरेको छ ।

एक कार्यक्रमका बीच जिटोर इन्टरनेशनलका उपाध्यक्ष केभिन सु र नेपालको तर्फबाट सीजी मोटर्स प्रालिका सीईओ/निर्देशक हेमन्त अग्रवालले उपाध्यक्ष के चुआनडेङलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा एमओयूमा हस्ताक्षर गरेका थिए ।
जेटुरले चीनमा ईभी र हाईब्रिड एसयुभी उत्पादन गर्दै आएको छ । यस ब्रान्डले पछिल्लो समय विश्वका अधिकांश देशमा आफ्नो उपस्थिती जनाइसकेको छ । नेपालमा यस ब्रान्डको प्रिमियम एसयुभी उपलब्ध हुने अनुमान गरिएको छ ।































प्रतिक्रिया