काठमाडौं । सांग्रिला मोटर्स प्रालिको अधिकृत वितरक श्रीजा अटोमोबाइल्सले विराटनगरमा आफ्नो विशेष एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको शुभारम्भ गरेको छ ।
यो कार्यक्रम माघ १६ देखि १९ गतेसम्म कञ्चनजङ्घा बैंक्वेट, गोघ्रा चोक, विराटनगरमा आयोजना हुनेछ । क्याम्पमा ग्राहकले लिपमोटर सी१० र सिट्रोन ईसी३ जस्ता अत्याधुनिक विद्युतीय सवारी साधनको अनुभवका साथै उत्कृष्ट एक्सचेन्ज अफर र वित्तीय सुविधाहरु प्राप्त गर्नेछन् । साथै ७ किलोवाट क्षमताको चार्जर निशुल्क उपलब्ध गराइनेछ ।
सो क्याम्पले ग्राहकलाई विद्युतीय सवारी साधनहरूको नवीनतम प्रविधि अन्वेषण गर्ने र बजारमा उपलब्ध सबैभन्दा राम्रो सुविधाको फाइदा उठाउने अवसर प्राप्त हुने कम्पनीले जनाएको छ ।































प्रतिक्रिया