काठमाडौं । रोयल इन्फिल्डको लोकप्रिय मोटरसाइकल हन्टर ३५० हालसम्म ५ लाख युनिट बिक्री भएको छ ।
अगस्ट २०२२ मा लन्च भएको सो मोटरसाइकल फेब्रुअरी २०२३ सम्ममा १ लाख युनिट बिक्री भएको थियो । करिब २ वर्ष ५ महिनामा कम्पनीले ५ लाख युनिटको माइलस्टोन पूरा गरेको हो ।
जे प्लेटफर्ममा आधारित यस मोटरसाइकलमा ३४९ सीसी, सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन जडान गरिएको छ । जसले २०.२ बीएचपी र २७ एनएम उत्पादन गर्छ ।
नेपाली बजारमा लोकप्रिय रहेको हन्टर ३५०को रेट्रो, मेट्रो–डेपर र मेट्रो रिविल गरी कुल तीन भेरिएन्ट उपलब्ध छ । यसकाे मूल्य क्रमशः ४ लाख ५९ हजार, ४ लाख ७५ हजार र ४ लाख ७९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।































प्रतिक्रिया