काठमाडौं । भृकुटीमण्डपमा आजबाट आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’ को सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको सफ्टवेयर एण्ड प्रोजेक्ट सहितको उक्त एक्स्पो माघ २१ गतेसम्म सञ्चालन हुनेछ ।
स्थानीय उत्पादनहरूको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यका आयोजना गरिएको यो एक्स्पोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । उद्घाटनका क्रममा सफलताको शुभकामना दिँदै ओलीले अबको युग एआईको रहेको बताए ।
‘एआईले दिनप्रति दिन फड्को मारेको अवस्था छ, यसबाट लाभ कसरी लभ लिन सकिन्छ, त्यता हरेर लाग्नु पार्ये, देशबाट आईटी निर्यातको सम्भावना रहेकाले सरकार ध्यान यतातर्फ पनि छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले आयात गरेर सामान बिक्री गर्दैन व्यापार नहुँने बताउँदै उत्पादनलाई बढाएर सामान निर्यातको बाटो अब हेर्नु पर्ने पनि बताए । यस्तै कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्री पृथ्वी सुब्बा गुरुङको पनि उपस्थिति रहेको थियो ।
उनले देशमा आईटी साथै एआई सम्बन्धी ऐन, कानुन तर्जुमा लागेको जानकारी दिए ।
प्रविधिको विकासलाई अधिकतम उपयोग गरी कामको कार्यशैलीलाई सहजीकरण गर्नु पर्ने बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले अन्तराष्ट्रिय स्तरको व्यापार मेलाको आयोजना भएको हो ।
यसैगरी आयाेजक चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायीक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य एक्स्पोको उद्देश्य रहेको बताए । सूचना प्रविधिको विकाससँगै चेम्बर एक्स्पोको आकर्षणका रूपमा यो वर्ष सफ्टवेयर एण्ड एआई प्रोजेक्टको रूपमा रहेको उनले बताए ।
एक्स्पोमा कृषिजन्य वस्तुहरू, हस्तकला, लत्ताकपडाका सामानहरू, अटोमोबाइल, इलेकट्रोनिक्स, लजिक्टीक्स, टेक्सटाइल, फर्निचर, गार्मेन्ट, लेडर गुड्स, ज्वेलरी आइटमहरू राखिनेछन् । एक्सपोमा नेपाल, भारत, बंगलादेश, चीन, थाइल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायत देशमा उत्पादित वस्तुहरू प्रदर्शनीमा राखिएको छ ।
स्वदेशी र विदेशी गरी १ सय २५ भन्दा बढी स्टलहरू एक्स्पोमा रहेको आयोजक टिमले बताएको छ । ५ दिनसम्म चल्ने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा छ ।































प्रतिक्रिया