मिस नेपाल श्रृंखला खतिवडा किन गइन जुत्ता मेलामा ? (भिडियोमा)

मिस नेपाल श्रृंखला खतिवडा किन गइन जुत्ता मेलामा ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मिस नेपाल २०१८ श्रृंखला अतिवडाले जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी मेलाको अवलोकन गरेकी छन् ।

काठमाडौँको भृकुटीमण्डपमा जारी मेलामा मिस वल्र्डको टप १२ मा पुग्न सफल श्रृंखलाले अवलोकन गरेकी हुन् । शनिबार रक्षामन्त्री इश्वर पोख्रेल, अभिनेत्री संचिता लुइँटेल, प्रियंका कार्की लगायतले प्रदर्शनीको अवलोकन गरेका थिए ।

आज श्रृंखलासँगै काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, अभिनेता निखिल उप्रेती लगायतले पनि अवलोकन गरेका हुन् । विभिन्न ब्रान्डका स्वदेशी जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनीमा उपभोक्तालाई १० देखि १५ प्रतिशतसम्म छुट समेत दिइएको छ ।

Skip This
Skip This
Logo