काठमाडौं । सुनरा के५ स्कुटरको मिडिया टेस्ट राइड इभेन्ट सफलतापूर्वक सम्पन्न भएको छ ।
सुनरा इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता इटालिया मोटरवर्क्स प्रालिले आयोजना गरेको उक्त राइड इभेन्ट सफलतापूर्वक सम्पन्न भएको भएको हो । कार्यक्रममा ४० भन्दा बढी मिडिया प्रतिनिधिहरूले सहभागिता थिए ।
सहभागीहरूले सुनरा के५ को पावर, प्रदर्शन, प्राविधिक विशेषताहरू र मूल्य नीतिबारे प्रत्यक्ष रूपमा अनुभव गर्न पाएका थिए। मिडिया प्रतिनिधिहरूले स्कुटरको सवारी गर्दै यसको गति, सुविधा, र ब्याट्री क्षमतालाई प्रशंसा गरेका थिए।
सुनरा के५ मा ४ किलोवाट पिक पावर क्षमताको मोटर जडान गरिएको छ। यसमा उपलब्ध ७२ भोल्ट ३५ एम्पियर आवरको ग्राफिन ब्याट्री ५–६ घण्टामा पूर्ण चार्ज हुन्छ र एकपटक चार्ज गर्दा १०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ।
सुनरा के५ को मूल्य १ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
इटालिया मोटरवर्क्सले सुनरा के५ सँगै रोबो–एस र ह्वांक मोडलहरू पनि विशेष छुटका साथ बजारमा उपलब्ध गराएको छ। रोबो–एस मोडलमा ३ किलोवाट पावर क्षमताको मोटर, ७२ भोल्ट २० एमएएचको दुई लिथियम ब्याट्री, १३५ किलोमिटरसम्मको रेन्ज र ८० किलोमिटर प्रति घण्टाको टप स्पिड उपलब्ध छ। यसको मूल्य ३ लाख ७९ हजार ९ सय रहेको छ भने ६० हजार छुट सहित यो अहिले ३ लाख १९ हजार ९ सय रुपैयाँमा उपलब्ध छ।
ह्वांक मोडल डबल वा सिंगल ब्याट्री विकल्पसहित उपलब्ध छ। डबल ब्याट्री संस्करणको मूल्य ३ लाख १७ हजार ९ सय रुपैयाँ छ भने ५८ हजार छुट सहित यसलाई २ लाख ५९ हजार ९ सय रुपैयाँमा पाउन सकिन्छ।
सिंगल ब्याट्री संस्करण २ लाख ३६ हजार ९ सय रुपैयाँमा ३७ हजार छुट सहित १ लाख ९९ हजार ९ सय रुपैयाँमा बिक्री भइरहेको छ। ह्वांकले १८०० वाटको मोटर, १३५ किलोमिटरसम्मको रेन्ज र ६५ किलोमिटर प्रति घण्टाको स्पिड प्रदान गर्दछ।





























प्रतिक्रिया