बसुन्धरामा खुल्याे ओमोडाको नयाँ शोरुम, ग्राहकहरुलाई थप सहज हुने विश्वास

बसुन्धरामा खुल्याे ओमोडाको नयाँ शोरुम, ग्राहकहरुलाई थप सहज हुने विश्वास

केन्द्रबिन्दु
147
Shares

काठमाडौं । ओमोडा एण्ड जेइकोको नयाँ शोरुम काठमाडौंको बसुन्धरामा सञ्चालनमा आएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितीमा शनिबार एबीटी मोटर्सद्वारा ओमोडा एण्ड जेइकोको नयाँ शोरुम बसुन्धरामा समुद्घाटन गरेको हो । शोरुम सञ्चालनमा आएसँगै ओमोडा एण्ड जेइकोको गाडी किन्ने ग्राहकहरुका लागि सहजता थपिएको छ ।

ओमोडा एण्ड जेइकोका ईभी गाडी नेपाली ग्राहकमाझ निकै लोकप्रिय छ । भूगोल अनुसार मोटर पावर, ग्राउन्ड क्लियरेन्स र रेन्ज भएकाले नेपाली सडकमा पछिल्लो समय ‘ओमोडा’ ब्रान्डका गाडी बाक्लिँदै गएको देखिन्छ ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालको अर्थतन्त्रको लागि विद्युतीय गाडीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘विद्युतीय समानहरुको जुन प्रवद्धन भइरहेको छ । यसमा मलाई अत्यन्त खुसी लाग्ने गर्दछ । अब विद्युतीय गाडी नै किन भन्दा नेपालको अर्थतन्त्रको लागि महत्वपूर्ण भूमिका छ । जसले विद्युतीय गाडी प्रयोग गर्नुहुन्छ उहाँको फाईदाको लागि पनि सबैभन्दा महत्वपूर्ण छ । अर्थतन्त्रको हिसाबले विद्युतीय गाडी एकदमै फाइदाजनक छ ।’

Skip This
Skip This
Logo