काठमाडौं । पश्मिनाको नाम सुन्ने बित्तिकै तपाईंको मनमा के आउँछ ? सामान्यतया पश्मिनाको मूल्य कति पर्छ होला ? के पश्मिनाको पहिरन धनिमानी व्यक्तिले मात्र लगाउने हो ? कस्तो हुन्छ पश्मिना पहिरन ? किन लगाउने पश्मिना ? जस्ता यावत् प्रश्न पक्कै खेल्छ होला । आउनुहाेस्, विश्व बजारमा ख्याति कमाइरहेको पश्मिनाको इतिहास, यसकाे मूल्य र नेपाली पश्मिनाको अवस्थाको बारेमा विषयमा चर्चा गरौं ।
नेपाली पश्मिनालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउने त्यो कथा
नेपाली पश्मिनालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउन बेलायतकी ‘महारानी एलिजावेथ’ र ‘न्युजविक’ पत्रिकाको ठूलो देन रहेको छ । महारानी एलिजावेथ नेपाली पश्मिनाको सल ओडेर एक औपचारिक कार्यक्रममा सहभागि भएको बेला विश्वप्रख्यात पत्रिका न्युजविकले प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेको थियो । त्यसपछि नेपालमा उत्पादित पश्मिनाले विश्व बजारमा ख्याति कमाएको हो ।
विदेशी पर्यटकको आगमनसँगै पश्मिनाको अन्तर्राष्ट्रिय व्यापारको ढोका खुलेको मानिन्छ तर २०४८ साल पछि मात्र चर्चा पायो । नेपालको वैदेशिक व्यापारको इतिहास हेर्दा वि. सं २०२६ साल पछि व्यबशायिक रुप लिएको नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले बताए । यसैगरी विश्व प्रख्यात फेसन पत्रिका ‘भागमा’ पश्मिनाका पहिरन लगाएर मोडलिङ गरिएका फोटो छापिएपछि विश्व बजारमा नेपाली पश्मिनाको विश्वव्यापीकरणमा थप सहयोग गर्याे।
नेपाली पश्मिना विश्व बजारमा डायमण्ड फाइवर, सफ्ट गड, किङ अफ फाइबर, लक्जरियस प्रडक्टको नामले चिनिन्छ ।
किन हुन्छ महंगो ?
पश्मिना नेपालको मौलिक उत्पादन हो । पश्मिना उत्पादन हिमाली भेगमा पालिने च्याङ्ग्राको भित्रि भुवाबाट बन्छ । पश्मिना विशेषगरी जाडो याममा प्रयोग हुन्छ । पश्मिनाको धागो, पहिरन बनाउन लामो समय लाग्ने, लगाउँदा पनि निकै नै न्यानो हुने साथै कच्चा पदार्थ नै महंगो हुने भएकाले पश्मिनाको पहिरन अन्य पहिरन भन्दा महंगो पर्ने पश्मिना उद्योगी सुमन बरालले बताए । उक्त पहिरनले अन्य पहिरनको जस्तो चिलाउने, एलर्जी आउने जस्ता स्वास्थ्य समस्या समेत नआउने जानकारहरु बताउँछन् । पश्मिना सारै नै नरम, हलुका हुने गर्छ । जति हलुका पश्मिना त्यति धेरै महंगो पर्छ ।
पश्मिनाको मूल्य २/३ लाख रुपैयाँसम्म पर्दछ । पहिरनको डिजाइन हेरि मूल्य निर्धारण हुने गर्दछ । पश्मिनाको मकफलर, स्विटर, टोपी, ब्ल्याङ्केट जस्ता विभिन्न प्रकारका वस्तुहरु बनाइन्छ । च्याङ्ग्राको भित्रि भुवा बाट बनाईने पश्मिनाको स्विटरलाई २१ हजार रुपैयाँ पर्ने गर्छ । सामान्यतया पश्मिनाको मफलरलाई ३ देखि चार हजार रुपैयाँसम्म पर्न आउँछ । त्यस्तै, कोटको डिजाइन र तौल हेरेर २५ देखि ३० हजार सम्म पर्छ भने पश्मिनाको सलको १० हजार देखि सुरु हुन्छ । सबैभन्दा महंगो भनेको पश्मिनाको ब्ल्याङ्केटलाई पर्छ । ब्लाङ्ल्केटको ५५ हजार देखि १ लाख ५० हजार रुपैयाँसम्म पर्न आउँछ ।
कच्चा पदार्थमा निर्भर
नेपालमा उत्पादित पश्मिनाको विश्व बजारमा माग बढ्दै गएको छ तर विडम्बनाको कुरा नेपाल पश्मिनाको कच्चा पदार्थमा आत्मनिर्भर हुन सकेको अवस्था छैन । देशमै जति पनि कच्चा पदार्थ उत्पादन हुँदै आएका छन् ति माग अनुसार पर्याप्त छैनन् । कच्चा पदार्थका लागि चिन र म्यानमारबाट आयात हुन्छ । नेपालमा प्रोसेसिङ प्लान्टको अभावका कारण हिमाली क्षेत्रमा पाइने च्याङ्ग्राको भुवा संकलन गरी धागो बनाउन नसकिएको पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले बताए ।
नेपाली पश्मिना उत्पादनका लागि कच्चा पदार्थमा आत्मनिर्भर हुन सकिने सम्भावनाको अध्ययन गरि च्याङग्रा पालनका लागि मुस्ताङको गाउँपालीकासंग सहकार्य गरि अगाडि बढ्ने अध्यक्षले केन्द्रविन्दुलाई जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजार
मुख्यतयाः नेपाली पश्मिनाको बजार क्षेत्र भनेको अन्तर्राष्ट्रिय राष्ट्रहरु हुन् । इटाली, फ्रान्स, जर्मन, डेनमार्क, जापान, कोरीया, बेल्जियम, नर्वे, स्वीजरल्याण्ड, नेडरल्याण्ड, हङकङ, रुस, बेलायत, अष्ट्रेलिया, सिङ्गापुर जस्ता देशहरुमा निर्यात हुदै आएको छ । वि. सं. २०५६ देखि ५८ सम्ममा १० अर्वको हाराहारीमा पश्मिना निर्यात भएको थियो ।
नेपालले विश्व बजारमा पश्मिाना निर्यार बढ्दै जादा कोरोना महामारीले गर्दा कमि आएको छ । सरकारले पश्मिना निर्यातमा वृद्धि गर्ने उदेश्यले ‘पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति’ सार्वजनिक गरेको छ । सरकारले सन् २०२६ सम्म पश्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्याउने लक्ष्यसहित रणनीति सार्वजनिक गरेको छ ।
त्यस्तै, पश्मिना निर्यात वृद्धि गर्न कच्चा पदार्थ उत्पादनमा आत्मनिर्भर हुनका लागि पश्मिना उद्योग संघहरुले पनि विभिन्न पहलकदमी गरिरहेका छन् ।
उत्पादन र गुणस्तरमा विकास
सुरुमा हातैले चर्खाबाट धागो काटी पश्मिनाका विभिन्न उत्पादन बनाउने गरिन्थ्यो । यसरी उत्पादित पश्मिना बाक्लाल भद्दा, राम्ररी फिनिसिङ नभएको हुने गर्थ्याे । साथै विभिन्न कलर र बुट्टा पनि बनाउन मिल्दैनथ्याे । तर पछिल्लो समय कम्प्युटराइज्ड मेसिनबाट एकैनास कम माईक्रोनका धागो उत्पादन हुन थालेपछि उत्पादनका विविधिकरण हुन थालेको छ । सुरुवाती अवस्थाका सल मात्र उत्पादन हुँदै आएकोमा पछिल्लो समय विभिन्न डिजाईनका सल, मफल, टोपी, स्विटर, ब्ल्याङ्केट लगायतका वस्तुहरु उत्पादन हुन थालेका छन् ।





























प्रतिक्रिया