काठमाडौं । जर्मनीको कार उत्पादक कम्पनी फक्सवागनले आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक कार आईडी वानको टिजर पहिलोपटक सार्बजनिक गरेको छ ।
सन् २०२७ देखी बिक्री सुरु गर्ने तयारी गरिएको सो नयाँ ईभीलाई कम्पनीले २० हजार यूरोमै उपलब्ध गराउने योजना बनाएको छ । यो इलेक्ट्रिक कार मार्चमै लन्च हुने तयारी छ ।
टिजरमा सो नयाँ कारको हेडलाइटलाई कालो ग्रिलसँग एकीकृत गरिएको देख्न सकिन्छ । यसैगरी, भीडब्लू लोगो ग्रिलको बीचमा राखिएको छ भने अगाडिको बम्परमा स्लिम डीआरएलहरू देखिन्छन् । टिजरमा इन्फोटेनमेन्ट स्क्रिनको पछाडि भाग समेत देखाइएको छ ।
एमईबी प्लेटफर्ममा निर्माण गरिने सो नयाँ ईभीमा सिंगल इलेक्ट्रिक मोटरको साथ सानो ब्याट्री प्याक उपलब्ध हुने अनुमान गरिएको छ ।





























प्रतिक्रिया