काठमाडौं ।
नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई जन्मदिनको शुभकामना दिंदै आज पार्टी सचिवालय बैठक शुरू भएको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेता कमरेडहरूले केक खुवाएर महासचिवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गरे।
उक्त अवसरमा पार्टी उपाध्यक्ष वामदेव गौतमले १०० बर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शब्दमा शुभकामना दिएका थिए ।
६२ वर्षमा प्रवेश गरे नेकपा महासचिव एवं अर्थमन्त्री पौडेलले सबैलाई धन्यवाद दिएका थिए ।































प्रतिक्रिया