ढुक्क हुनुस्, केवलकार निर्माणले पाथीभराको धार्मिक आस्थामा असर गर्दैनः अध्यक्ष ढकाल

ढुक्क हुनुस्, केवलकार निर्माणले पाथीभराको धार्मिक आस्थामा असर गर्दैनः अध्यक्ष ढकाल

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । उद्योग वाणिज्य महासंघ र पाथीभरा देवी दर्शन केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केवलकारले गर्दा पाथीभराको धार्मिक आस्थामा कुनैपनि प्रभाव नपारेको बताएका छन् ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ढकालले पाथीभरा केवलकारकाे बारेमा एकदमै गलत प्रचार भएको भन्दै यसले पाथीभराको धार्मिक आस्थामा कुनै प्रभाव नपार्ने बताएका हुन् ।

उनले भने, ‘मिडियाहरुमा माथि फाइभ स्टार होटलहरु छ रे, डेटिङ्हरु बस्ने गरेका छन् रे भन्ने खालको एकदमै गलत प्रचार भएको छ । यसको साथै त्यहाँको भेटी पाथीभरा केवलकारले उठाउने गरेको छ भन्ने कुरा पनि छ । तर भेटीसँग केवलकारको कुनै सरोकार, नाता नै छैन । यो केवलकारले कुनै पनि खालको धार्मिक आस्था खलबलाउने खालको काम गरेको छैन । यो गलत हो ।’

यसका साथै, उनले कुनैपनि ठाउँमा नयाँ कामको सुरुवात गर्न खोज्दा विभिन्न खालको विचारहरु आउनु स्वभाविक भएको भन्दै यसलाई अन्यथा नलिएको पनि बताए ।

अध्यक्ष ढकालले भने, ‘केवलकारले नेपाली पर्यटन प्रवद्र्धनमा धेरै सहयोग गर्ने भएको हुनाले नेपालमा सातवटा प्रदेशमा सातवटा पर्यटन पूर्वाधार बनाऔं भनेर यसको सुरुवात गरेका हौं । हिँडेर जान समस्या हुने खालको व्यक्तिहरुलाई सहज हिसाबले जान सकोस भनेर सुरु गरेका हौं । कुनैपनि ठाउँमा नयाँ कामको सुरुवात गर्न खोज्दा विभिन्न खालको विचारहरु आउनु स्वभाविक पनि हो । त्यसलाई अन्यथा लिनुहुँदैन ।’

केवलकारले पर्यटन प्रवद्र्धनमा पनि सहयोग गर्ने हुनाले भने पाथीभरामा पनि त्यसको निर्माण गरेको उनको भनाई छ ।

उनले भने, ‘हामीले नेपालका सम्मानित क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पहिलो प्रोजेक्टको रुपमा चन्द्रागिरि केवलकार बनाएका थियौं । केवलकार बनाएपछि त्यहाँको अवस्थामा धेरै सुधार भएको पनि छ । त्यसैगरी सबैको आशाको धरोहर पाथीभरामा सजिलै पहुँच पुर्याउने विषय विचार गरेर नेपालमा पर्यटन पूर्वाधार बनाउने उद्देश्यका साथ केबरकार बनाएको हो ।’

Logo