काठमाडौं । विषेशत घरहरुमा उज्यालोको लागि विभिन्न डिजाइनको लाइटहरु लगाईन्छ । सामान्यतया हामी परम्परात लाईट नै प्रयोग गर्छौ । तर अब त्यो परिवर्तन गर्नुहोस् ।
घरमा उज्यालोको लागिमात्र नभएर आकर्षक देखाउनको लागि नेपाली बजारमा धेरै डिजाइनको झुमरहरु पाइन्छन् । झुमर लिभिङ रुममा राख्दा राम्रो र आकर्षक देखिन्छ । झुमर विभिन्न किसिमको हुन्छ, के नाइन र के फाइब हुन्छ ।
के नाइन झुमरहरु महंगो हुन्छ र के फाइब झुमर सस्तो हुन्छ । पहिला पहिला सिसाको झुमर नेपाली बजारमा पाइन्थ्यो भने अहिले चाइनाबाट राम्रो ब्रान्डको झुमरहरु नेपालमा पाइन्छ ।
‘निक इलेक्ट्रो टेक–२०१८’ मा विभिन्न किसिमका सस्तो, सुलभ र कम विद्युत खपत हुने झुमरहरु प्रदर्शनीमा राखिएको छ । शुक्रबारबाट सुरु भएको यो मेलामा विभिन्न ब्रान्डहरुको झुमरहरु छ ।
मोडर ब्रान्डको चाइनिज झुमरहरुको मुल्य २ हजार ५ सय देखि ४५ हजारसम्म रहेको छ । सिसाले बनेको यस झुमर एकपटक किनेपछि बिग्रदैन । बल्बमात्र फेर्नुपर्ने हुन्छ । बल्बको १ वर्षसम्म वारेन्टी रहेको छ ।
त्यस्तै पुकार इन्टरनेसनल प्रालीको झुमरको मुल्य ५ हजार देखि १५ हजारसम्म पर्छ । नेपालमा ५० वर्षदेखि झुमरहरुको बिक्रि वितरण हुँदै आएको पुकार इन्टरनेसनल प्रालीका म्यानेजिङ डाइरेक्टर पुकार सिग्देल्को भनाई छ ।
पहिला झुमरहरु सामान्य किसिमका हुन्थ्ये भने अहिले नेपाली बजारमा गुणस्तरयुक्त एलईडीहरु कुँदेर रत्न जडित झुमरहरु पाइन्छ । पुकार इन्टरनेसनल प्रालीमा दिनमा १० देखि १५ वटासम्म झुमरहरु विक्रि हुने गरेको सिग्देलबले बताए ।
झुमर घरलाई आकर्षक देखिने भएको र घरको सजावटमा थप सुन्दरता प्रदान गर्ने भएकोले विजुलीको सामग्री मध्ये धेरै विक्रि हुन्छ । विशेषगरी झुमर सम्पन्न र ठुलो घरनाले किन्छन् ।





























प्रतिक्रिया