काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्रान्डको एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी भित्रिएको छ । एलएस अटोले बनाएको उक्त ईभी गाडी नेपालमा पहिलो पटक नेक्सन वेन्चर प्रा.लि.ले भित्र्याएको हो ।
नेपाली बजारमा स्ट्याण्डर्ड र कम्फर्ट एडिसन गरी दुई भेरियन्टमा आएको यो गाडी कम्पनीले नेपाल गत महिना मात्र ल्याएको बताइएको छ । जसको लन्च फागुनभित्रै गरी ‘की ह्यान्डओभर’ गर्ने तयारीमा कम्पनी लागेको छ ।
उक्त गाडीको हाल कम्पनीले टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्पको आयोजना गरी गाडी बिक्रीसमेत कम्पनीले गर्दै आएका महाप्रबन्धक नविन फुयाँलले बताए । उनका अनुसार गाडी बुकिङका साथै टेस्ट ड्राइभ शोरुममा गएर पनि गर्न सकिने छ ।
लन्चको तयारी गरेता पनि अहिले गाडीको डेलिभरी गर्न कम्पनी सक्षम रहेको फुयाँलले जानकारी दिए । एलईभी ०१ मा ६७.१ किलोवाट आवरको ब्याट्री प्याक रहेको यो ईभीमा ९९ किलोवाटको फ्रन्टह्वील ड्राइभ मोटर रहेको कम्पनीको भनाई छ । जुन मोटरले ३२० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ ।
नेपालको बाटो सुहाउँदो ग्राउण्ड क्लियरेन्स रहेको यस गाडीको दमदार पर्फर्मेन्स रहेको फुयाँलको भनाई छ । गाडीको २१० एमएम ग्राउण्ड क्लियरेन्स छ । प्योर इलेक्ट्रिक प्ल्याटफर्म एलईभी एक्समा बनेको यो ईभीमा ब्याट्री प्याक पोजिसन साइड बडीभन्दा माथि रहेको छ ।

यसको ब्याट्री प्याक र ग्राउण्डबीचको दूरी २२१ एमएम रहेको बताइएको छ । कम्पनीले पहिलो मोडलको रूपमा एलईभी ०१ एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको हो । यसको ब्याट्री प्याक अन्य ईभीहरुमा जस्तो ह्याङ्गीङ भएको जस्तो बाहिरबाट नदेखिने पनि फुयाँलले बताए ।
यस्तै, एलएस अटोको सन् २०२५ मा थप दुई मोडलहरू एलईभी ०३ र एलईभी ०५ लन्च गर्दैछ । यी कारहरू एलएचएस र आरएचएस दुवै अप्सनमा बन्ने भएकोले छिटै नेपालमा आउने बताइएको छ । एलईभी ०३ एक प्रिमियम क्रसओभर इलेक्ट्रिक एसयूभी हो भने एलईभी ०५ मिड साइज कम्प्याक्ट एसयूभी हो ।
यसको ड्रयाग कोफिसीयन्ट इलेक्ट्रिक एसयूभीहरुमा सबैभन्दा कम ०.२६८ मात्र रहेको छ । यो ईभीले एक पटकको फुल चार्जमा ५ सय किलोमिटर बढीको रेन्ज दिन्छ ।
प्रिमियम डिजाइन रहेको एलईभी ०१ मा होरिजेन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने रियरमा सस्पेन्डेड टेललाइट डिजाइन रहेको छ । लेदरेट स्टेरिङ ह्वील तथा सीटकभर, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बीयन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्टसिट, लग्जरी क्याविन स्पेश फिचर यस गाडीमा समावेश छन् ।

यस्तै, गाडीमा हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्टुमेन्टल क्लस्टर, प्यानारोमिक सनरुफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोडको जस्ता फिचर पनि छन् । सुरक्षाका लागि यो ईभीमा १० वटा एयरव्याग, इबीडी, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबीलीटी कन्ट्रोल, क्रूजकन्ट्रोल, अटोहोल्ड, हिलअसिस्ट कन्ट्रोल दिइएको छ ।
युरो एनक्याबबाट क्र्यास टेस्टमा ५ स्टारको सेफ्टी रेटिङसमेत पाएको यस गाडीको खरिदमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको मोटर तथा ब्याट्रीमा वारेन्टी दिएको छ । कम्पनीले स्ट्याण्डर्ड एडिसनको मूल्य ६१ लाख ९५ हजार रुपैयाँ र कम्फर्ट एडिसनको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ तोकेको छ ।





























प्रतिक्रिया