बीवाईडीको ‘हाई-टेक विक’ सुरु, ५ मोडलका गाडी आकर्षणमा

बीवाईडीको ‘हाई-टेक विक’ सुरु, ५ मोडलका गाडी आकर्षणमा

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आयोजना गरेको ‘हाई–टेक विक–२०२५’ को सुरु भएको छ । बिहीबार ‘मिडिया–डे’ को रूपमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले औपचारिक रूपमा हाई–टेक विक सुरुवात भएको जानकारी दिएको हो ।

हाई–टेक विकबाट इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई क्रान्तिकारी परिवर्तनको बारेमा जान्ने, हेर्ने र बुझ्ने अवसर प्रदान गर्ने कम्पनीले बताएको छ । उक्त कार्यक्रममा ५ मोडलका गाडी विशेष आकर्षणमा छन् । शोकेसमा बाओ ५, यु ८, डेन्जा जेड ९ जीटी, डेन्जा डी ९ र बीवाईडी शार्क ६ पिकअप मोडलका गाडी राखिएको हो । जसमध्ये बीवाईडी शार्क ६ र डेन्जा डी ९ राइट–ह्यान्ड–ड्राइभ आएका छन् भने बाँकी मोडल लेफ्ट–ह्यान्ड–ड्राइभमा रहेको नेपालका लागि बीवाईडीको बिक्रेता साइमेक्स इंकले जानकारी दिएको छ ।

कम्पनीका अनुसार राइट–ह्यान्ड–ड्राइभ गाडी भने केही समयपछि नेपालमा बिक्री वितरण सुरु गर्ने तयारी छ । बाँकी मोडल राइट–ह्यान्ड–ड्राइभ भएर छिट्टै नेपाली बजारमा आउने निश्चित छ । कम्पनीले एभरेष्ट होटलमा फागुन १८ गतेसम्म आयोजना बीवाईडी हाई–टेक विक आयोजना गर्ने छ ।

सो ठाउँमा गएर यी गाडीका साथै बीवाइडीको नवप्रवर्धन प्रविधिको बारेमा जानकारी लिन सकिने साइमेक्स इंकका प्रमुख साइमेक्स इंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले बताए । हाई–टेक विक सःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

टिकट ई–सेवामा उपलब्ध रहेको बताउँदै कम्पनीले विद्यार्थीलाई भने परिचय पत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ । ‘न्यु इनर्जी भेइकल्स (एनईभिज) र सस्टेनेबल इनोभेसनसँग भेट हुने एक महत्वपूर्ण अवसर रहेको रूपमा यो कार्यक्रमलाई हेरेका छौं, जसले ईभी टेक्नोलोजी, एआई इन्टिग्रेसन र न्यु इनर्जी सोलुसनलाई एउटै छानामुनि भएका उपभोक्तालाई सहज हुन्छ,’ उनले भने ।

सीईओ श्रेष्ठका अनुसार बीवाईडीले चाइना पछि नेपालमा पहिलोपटक हाई–टेक विकको आयोजना गरेको हो । ड्युअल मोड अफरोड (डीएमओ), एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन–कार एआई इनोभेसन लगायतका अत्याधुनिक प्रविधिको बारेमा जानकारी लिन सकिने बताइएको छ ।

यसैगरी यहाँबाट स्मार्ट मोबिलिटीको भविष्यको झलक देखाउने गरी रियल–टाइम टेक्नोलोजी डेमोको प्रत्यक्ष अवलोकन गर्न मौका प्राप्त गर्न कम्पनीले बताएको छ । पछिल्लो ईभी ट्रेन्ड र एनईभी टेक्नोलोजीको भविष्य बारेमा यो उद्योगका नेतृत्वकर्ता, इन्जिनियर र सस्टेनेबिलिटी एड्भोकेटहरुबाट महत्वपूर्ण जानकारी लिने यो सुनौलो अवसर हुने सीईओ श्रेष्ठले बताए ।

हाई–टेक विकमा सबै उमेर समूहलाई उपयुक्त हुने प्रशस्तै क्रियाकलाप पनि हुने उल्लेख गर्दै साइमेक्स इंकले प्रविधिप्रति चासो राख्ने सबैका लागि रोमाञ्चक अनुभव प्रदान हुने बताएको छ ।

Logo