सिप्रदी ट्रेडिङले जित्यो ७ उत्कृष्ट अवार्ड, इभी विस्तारमा विशेष मान्यता

सिप्रदी ट्रेडिङले जित्यो ७ उत्कृष्ट अवार्ड, इभी विस्तारमा विशेष मान्यता

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले ७ उत्कृष्ट अवार्ड जितेको छ। टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने टाटा मोटर्स ‘वन वर्ल्ड २०२४’ मा कम्पनीले ७ उत्कृष्ट अवार्ड जितेको हो ।

टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने ‘टाटा मोटर्स वन वल्र्ड २०२४’ कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रा.लि.ले ती अवार्ड जितेर कम्पनीले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा बलियो बनाएको छ ।

साथै, ‘पायोनियर ईभी एक्सपान्सन’ का लागि विशेष कदर पत्र प्राप्त गर्दै, नेपालले शून्य–उत्सर्जन सवारीसाधनको विस्तारमा अघि बढ्ने प्रतिबद्धता पुनः स्थापित गरेको छ ।

सिप्रदी ट्रेडिङ प्रा.लि.ले नेपाललाई सबै प्रमुख सेग्मेन्टहरूमा उच्च बजार हिस्सा दिलाउँदै निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेको जनाइएको छ । नेपाललाई कमर्सियल सवारीसाधन क्षेत्रमा अग्रणी स्थानमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

‘सिप्रदी ट्रेडिङ प्रा.लि.को यो उपलब्धि ग्राहकहरूको विश्वास, टीमको निरन्तर मेहनत, र टाटा मोटर्सका विश्वसनीय उत्पादनहरूको प्रतिफल हो। सबै प्रमुख सेग्मेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै, सिप्रदी ट्रेडिङ प्रा.लि.ले बजारमा आफ्नो बलियो उपस्थिति कायम राख्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘हामी हाम्रा ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवा र सुलभ सवारीसाधन प्रदान गर्न सधैं प्रतिबद्ध छौं । यी पुरस्कारहरूले हाम्रो टीमको मेहनतलाई सम्मान गर्दै, ग्राहकहरूलाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने प्रेरणा दिएको छ’ सिप्रदी ट्रेडिङ प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने, ‘हामी यो सफलता हाम्रा सबै ग्राहकहरूलाई समर्पित गर्छौं, जसले हामीमाथि विश्वास गर्नुभयो र टाटा गाडीलाई पहिलो रोजाइ बनाउनुभयो । नेपालले हरेक वर्ष आफ्नो स्थान बलियो बनाउँदै गएको छ, र यो सफलता हाम्रो प्रतिबद्धताको प्रमाण हो ।’

Logo