काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएसीसीआई) को कार्यकारिणी सदस्यमा व्यवसायी कृष्ण दुलाल मनोनीत भएका छन् ।
एफएसीसीआई महासंघको विधानको दफा २९ को उपदफा (च) १० अनुसार दुलाललाईलाई कार्यकारिणी समितिमा मनोनयन गरिएको हो ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुलाललाई मनोनीत गर्दै महासंघको गतिविधिलाई प्रभावकारी अपेक्षा लिएको बताए । एक कार्यकाल यसअघि सम्हालिसकेका दुलालको महासंघको कार्यकारिणी सदस्यको यो दोस्रो कार्यकाल हुनेछ ।
उनको कार्यकाल विद्यमान कार्यकारिणी समितिको पदावधि रहँदासम्म कायम हुनेछ ।
उनी नाडा अटोमोबाइल्स एसोसिएसनका पूर्व अध्यक्ष, सुन्दर हरैँचा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष र कीर्तिपुर जेसिजका पूर्वअध्यक्ष पनि हुन् ।
विभिन्न संघसंस्थाको नेतृत्व गरिसकेका उनी सफल र सक्रिय व्यवसायी रूपमा परिचित छन् ।






























प्रतिक्रिया