काठमाडौं । टाटा मिड साइजको एसयूभी ह्यारियरको ईभी परीक्षणको दौरानमा देखा परेको छ । भारतीय बजारमा टाटाले चाँडै नै ईभी सेगमेन्टमा नयाँ ह्यारियर ईभी प्रस्तुत गर्ने सम्भावना रहेको छ।
हालै टाटा मिड साइजको एसयूभी ह्यारियरको ईभी परीक्षणको क्रममा देखिएको थियो । त्यसपछि कम्पनीले सो एसयूभीको ईभी संस्करण चाँडै नै लन्च गर्ने अनुमान गरिएको छ ।
सो एसयूभीको डिजाइन र फिचरको बारेमा पनि जानकारी खुलेको छ । ईभीको डिजाइन आईसीई संस्करण जस्तै हुने अनुमान गरिएको छ । साथै अगाडिको ग्रिल, बम्पर, अलोय ह्विलमा पनि परिवर्तन गरिनेछ । ईभी भएकोले यसमा इलेक्ट्रिक ब्याजिङ पनि दिइनेछ ।
यद्यपि कम्पनीले हालसम्म सो एसयूभीको बारेमा कुनै जानकारी दिएको छैन । तर सिंगल चार्जमा लगभग ५०० किलोमिटर रेन्जको साथमा लन्च हुने अपेक्षा गरिएको छ । साथै यसमा अल ह्विल ड्राइभ र धेरै ड्राइभिङ मोडको विकल्प पनि प्रदान गर्न सकिन्छ।
ह्यारियरको इलेक्ट्रिक भर्सनको लन्चिङको बारेमा टाटाले कुनै आधिकारिक जानकारी दिएको छैन, तर यो अर्को वर्षसम्ममा लन्च हुन सक्ने अनुमान गरिएको छ । यसको एक्स(शोरूम मूल्य लगभग २५ लाख भारु हुनेछ ।
लन्चिङ पछि टाटाको नयाँ ह्यारियर ईभीले हुन्डाई क्रेटा इलेक्ट्रिक, बीवाईडी एट्टो ३, एमजी जेडएस ईभी, एमजी विन्डसर ईभी जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ।































प्रतिक्रिया