तीन पाङ्ग्रे ईभीको आयातमा छलाङ, अहिलेसम्म कति भित्रिए ?

तीन पाङ्ग्रे ईभीको आयातमा छलाङ, अहिलेसम्म कति भित्रिए ?

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । नेपालमा इलेक्ट्रिक भेहिकल (ईभी) को आयात साथै यसको प्रयोगले फड्को मारिरहेको छ । आईसीई भेहिकललाई उछिन्दै ईभीले अटो बजारमा कब्जा गरिरहेका बेला तीन पाङ्ग्रे सवारीले आयातले पनि रेकर्ड तोडिरहेको हो ।

चालु आर्थिक वर्ष २०८१/८२ साउनदेखि माघसम्ममा विभिन्न ब्रान्डका ६ हजार २५६ वटा इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएका छन् । सोही संख्या भन्दा बढी इलेक्ट्रिक तीन पाङ्ग्रे सवारी चालु आर्थिक वर्षको ७ महिनामा नेपाल आएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

नेपालमा एकपछि अर्को उत्कृष्ट प्रफमेन्स र सुविधा सम्पन्न फिचर भएका नयाँ–नयाँ गाडी भित्रिराख्दा भविष्य अब ईभीको भन्ने संकेत गरिसकेका छ । जसको मध्यनजर गर्दै अहिले अटो कम्पनीहरू धमाधम नयाँ ब्रान्डका गाडी भित्र्याउनमा लागि रहेको छन् ।

सोही अनुसार ईभीमा अहिले तीन पाङ्ग्रेको माग बढ्दै गएको कारण आयातमा पनि बृद्धि भएको व्यवसायीहरू बताउँछन् । विशेष गरी तराई क्षेत्रमा प्रयोग हुने तीन पाङ्ग्रे अहिले ईभीमा कन्भर्ट भइरहेको देखिएको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ७ महिलामा इलेक्ट्रिक तीन पाङ्ग्रे ६ हजार ३४६ वटा आयात भएका छन् । ६५ करोड १७ लाख ४८ हजार रुपैयाँको उक्त वटा गाडी आयात भएको हुँदा सरकारले २२ करोड २१ लाख ९६ हजार रुपैयाँ राजश्व बुझेको विभागको तथ्यांकमा देखाइएको छ ।

गत आर्थिक २०८०/८१ को सोही महिनासम्ममा ईभी तीन पाङ्ग्रे ५ हजार ७९७ वटा आएको भएको थियो । यवसायिक प्रयोजन र प्यासेन्जर आवत–जावतमा प्रयोग हुने तीन पाङ्ग्रे सवारी मूल्य पनि उचित रहेका कारण यसको माग अनुसारको आयात बढ्दै भएको भन्सार विभागले बताएको छ ।

यस्तै, एसेम्बल नगरिएका तीन पाङ्ग्रे माघसम्ममा ३ हजार ९४२ आएका छन् भने गत आर्थिक वर्षको सोही महिनासम्ममा १५ सय २९ वटा आएका विभागले जानकारी दिएको छ । विभागका अनुसार ईभी तीन पाङ्ग्रे सवारी भारत र चीनबाट सबैभन्दा बढी आउने गरेका छन् ।

नेपालमा ईभी गाडीलाई सरकारले प्राथमिकता दिनु साथै आवश्यक पूर्वाधार निर्माण गर्नले ईभीको प्रयोग बढ्दै गएको छ । सडक ईभीमय बन्दै जाँदा ईभीको आयात अझै वृद्धि हुने आंकलन गर्दै आइएको छ ।

Logo