गेम चेन्जरको रूपमा हेरिएको ‘क्रेटा ईभी’ नेपाली बजारमा, छिट्टै लन्चको तयारी

गेम चेन्जरको रूपमा हेरिएको ‘क्रेटा ईभी’ नेपाली बजारमा, छिट्टै लन्चको तयारी

केन्द्रबिन्दु
174
Shares

काठमाडौं । अटो बजारमा निकै चर्चा कमाइ रहेको हुन्डाईको ‘क्रेटा ईभी’ अन्ततः नेपाल आइपुगेको छ । हुन्डाईको बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभी आउने उद्घोष गरेसँगै यसले बजारबाट निकै सकारात्मक प्रतिक्रिया बटुल्दै आएको हो । 

लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाका अनुसार क्रेटा अहिले परीक्षणको फेजमा छ । दुईवटा ब्याट्री प्याक ४२ र ५१.४ किलोवाट भएको बहुप्रतिक्षित उक्त गाडी कम्पनीले नेपालमा बिक्रीको तयारी गरिरहेको छ । 

जसमध्ये पहिलो चरणमा ४२ किलोवाट ब्याट्री प्याक भएको क्रेटा आउने थपलियाले जानकारी दिए । ‘हामीले यी दुई ब्याट्री प्याक भएका क्रेटा ल्याउन लागेका हौं, परीक्षण सकिएपछि छिट्टै लन्च गर्ने योजना बनाएका छौं,’ उनले भने । 

उक्त गाडी फागुनभित्रै लन्च गर्ने तयारी रहेको थपलियाले बताए । इन्ट्रोडक्टरी भेरियन्टको क्रेटा ईभीमा ४२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । जसले एक पटकको फुल चार्जमा ३९० किलोमिटरको रेन्ज प्रदान गर्छ । 

स्मार्ट डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएको यो गाडी गेम चेन्जरको रूपमा पनि हेरिएको छ । यस्तै, १३५ पीएस पावरदेखि १७१ पीएस पावर मोटर भएको लङ रेन्ज भेरियन्टमा ५२ किलोवाट आवरको ब्याट्री प्याक छ । उक्त गाडीले एकपटकमा ४७३ किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको भनाई छ ।

२०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको यो गाडीमा उच्च टर्क हुनुका साथै सहरी, पहाडी साथै अफ–रोड मज्जाले कुदाउन सकिने बताइएको छ । फास्ट डिसी चार्जरबाट चार्ज गर्न मिल्ने यो गाडी १० देखि ८० प्रतिशत चार्ज केबल ५८ मिनेटमा पूरा हुने दाबी गरिएको छ ।

गाडीमा २६१० एमएमको ह्वील बेसको साथमा क्रेटा ईभीमा ४३३ लिटरको बुथ स्पेश रहेको छ । नेपालमा हुन्डाईका इलेक्ट्रिक भेहिकल (ईभी) गाडी ग्राहकको निकै रोजाइमा परेका छन् । हुन्डाई उत्पादन गरेका ईभी गाडीहरू दमदार पर्फर्मेन्स भएकै कारण आम ग्राहकको रोजाइमा पर्दै आएका छन् ।

त्यसैले यो गाडी पनि नेपाल आएपछि उच्च संख्यामा ग्राहकको रोजाइमा गर्ने कम्पनीले विश्वास लिएको छ । प्रतिस्पर्धी ईभी नेपाली मार्केटमा यो गाडीको मूल्य पनि बजार सहाउँदो हुने भएकाले अटो मार्केटमा आफ्नो छुटै पहिचान क्रेटा ईभीले बनाउने देखिन्छ ।

Logo