नेपाली बजारमा लिपमोटर टीओथ्री सार्वजनिक, मूल्य २८ लाख ९९ हजार रुपैयाँ 

नेपाली बजारमा लिपमोटर टीओथ्री सार्वजनिक, मूल्य २८ लाख ९९ हजार रुपैयाँ 

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाली बजारमा लिपमोटर टीओथ्री इलेक्ट्रिक गाडी सार्वजनिक भएको छ । साङ्ग्रिला मोटर्स प्रा.लि.ले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै उक्त गाडीको सार्वजनिक गरेको हो । 

गाडी सार्वजनिक क्रममा साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले नवीनतम र दिगो विश्वस्तरिय सवारी ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिँदै टीओथ्री बजारमा ल्याएको बताए । ३७.३ किलोवाट आवर ब्याट्री भएको लिपमोटर टीओथ्रीमा उत्कृष्ट फिचरहरू समावेश छन् । यसले डब्लूएलटीपी रेन्ज कम्बाइन्ड साइकलमा २६५ किमी र अर्बन साकलमा ३९५ किमी रेन्ज प्रदान गर्छ । यसमा लेभल २ एडभान्स्ड लिप पाईलट ड्राइभर एक्टिभ सेफ्टि असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ । जसले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्दछ ।

‘हामी लिपमोटर टीओथ्री नेपालमा ल्याउन पाउँदा उत्साहित छौं, जसले दिगो यातायातको भविष्यको मार्गदर्शन गर्ने हाम्रो दृष्टिकोणलाई अझ बलियो बनाउनेमा विश्वस्त छौं,’ गोल्छाले भने ।

सो कार्यक्रममा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लिपमोटर एवं सिट्रोनका ब्रान्ड एम्बेसडर रोहित पौडेलकाे पनि सहभागिता रहेको थियो । 

कम्पनीले यस गाडीको मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकेको छ । साङ्ग्रिला मोटर्स प्रा. लि. २०१७ देखि प्यूजोको एक मात्र आधिकारिक आयातकर्ता र २०२१ देखि सिट्रोनको आधिकारिक आयातकर्ता रहेको छ । 

नेपालमा दिगो सवारीका लागि नयाँ मापदण्ड तय गर्दै नयाँ पुस्तामा विद्युतीय सवारीसाधनहरू उपलब्ध गराएर अटोमोटिभ ल्यान्डस्केपलाई नयाँ आकार दिन समर्पित भएको कम्पनीले बताएको छ । साङ्ग्रिला मोटर्स प्रा.लि. प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्य हो ।

Skip This
Skip This
Logo