सुनको भाउ बढ्दै गएको छ। आज प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। हिजोको तुलनामा सुन प्रतितोला ६ सय रुपैयाँ बढेको हो। एक सातामा नै सुन प्रतितोला १७ सय रुपैयाँ बढेको छ। एक साता अगााडि प्रतितोला ५८ हजार ३ सयमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन ७ सय २५ रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो । एक साता यता चाँदीको मूल्य २० रुपैयाँले बढेको हो ।





























प्रतिक्रिया