अब लाइसेन्स छपाइ प्रदेशबाटै हुने, सबै प्रदेश सरकार तयार

अब लाइसेन्स छपाइ प्रदेशबाटै हुने, सबै प्रदेश सरकार तयार

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । आगामी साउन १ गतेदेखि सवारी चालक अनुमति पत्र छपाई गर्न सबै प्रदेश सरकार तयार भएका छन् । यातायात व्यवस्था विभागले हाल सम्म छपाई गर्न बाँकि सवारी चालक अनुमतिपत्रको छपाई गर्ने र आगामी बैशाख १ देखि साउन १ गते सम्ममा सवै प्रदेशले सवारी चालक अनुमति पत्रको छपाई गर्ने गरि निर्णय भएको हो ।

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात सम्वद्ध मन्त्री र सचिव सहितको विषयगत समितिको बैठकले सो निर्णय गरेको हो । सवै प्रदेशबाट जारी हुने सवारी चालक अनुमति पत्रमा एकरुपताका लागि यातायात व्यवस्था विभागले चालक अनुमति पत्रको ढाँचा समेत तयार पारेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा भएको बैठकले राईड शेयरिङ्लाई व्यवस्थित गर्न र प्रदेशहरु विच नीतिगत समन्वय गरि एकरुपता गर्न प्रदेश सरकारको सहभागीतमा संघीय सरकारले नीतिगत व्यवस्था गर्ने र सम्वन्धित प्रदेशले लागू गर्ने निर्णय गरेको छ ।

यसैगरी यातायात क्षेत्रमा हुने भुक्तानी प्रणालीलाई विद्युतीय बनाउने र आगामी चैत मशान्त भित्र सवै प्रदेशबाट विद्युतीय भुक्तानी प्रणाली शुरु गर्ने निर्णय भएको छ ।

प्रारम्भमा विद्युतीय सवारी चालक अनुमति पत्र–‘ईडीएल’ मा यो लागू हुने र क्रमश भुक्तानीका सबै क्षेत्रमा लागू गर्ने निर्णय भएको हो । विभिन्न महत्वपूर्ण विषयहरुमा निर्णय गर्दै बैठक सम्पन्न भएको हो । बैठकले अघिल्लो वैठकका निर्णयहरुको समिक्षा गरेको थियो भने पछिल्लो बैठकका निर्णय कार्यान्वयनको पनि नियमित समिक्षा हुने जनाइएको छ ।

सवारी चालक अनुमति छपाई प्रदेशबाटै गर्नुका साथै ईम्बोष्ड नम्बर जडानलाई तिव्रता दिन समेत प्रदेशका मन्त्री तथा सचिवहरुले प्रतिवद्धता जनाए ।

Skip This
Skip This
Logo