काठमाडौं । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले बहुप्रतिक्षित एमजी एस५ ईभी सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले एमजी एस५ ईभीको तीन वटा भेरियन्ट सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार ४९ किलोवाट ब्याट्री प्याक भएको गाडीमा ९९ किलोवाट मोटर जडान गरिएको छ । जसले अधिकतम २५० न्यूटन मिटर टर्क उत्पन्न गर्नसक्छ । उत्कृष्ट प्रदर्शन खोज्ने चालकहरूका लागि यो गाडीले आकर्षक विकल्प प्रदान गर्ने कम्पनीले बताएको छ ।

उक्त ब्याट्री प्याक भएको गाडीले ३४० किलोमिटरको रेन्ज दिने कम्पनीको बताएको छ । जसको मूल्य कम्पनीले ४३.९९ लाख रुपैयाँ तोकेको छ । सोही क्षमताको अर्को भेरियन्टको गाडीको मूल्य भने कम्पनीले ४९.९९ लाख रुपैयाँ निर्धारण गरेको छ ।
उत्कृष्ट प्रदर्शन र आधुनिक विद्युतीय सवारी प्रेमीहरूका लागि निकै उपयुक्त विशेषता भएको यी गाडी निकै उपयुक्त हुने देखिन्छ । यसैगरी ६२ किलोवाट आवर ब्याट्री भएको एमजी एस ५ ईभीको मूल्य ५४.९९ लाख रुपैयाँ राखेको छ ।
उक्त गाडीले एक पटकको फूल चार्जमा ४६० किलोमिटरसम्म कुद्ने कम्पनीको दाबी छ । १८० एमएमको ग्राउन्ड क्लियरेन्स भएको यी गाडी जेड फो ईभी प्लेटफर्ममा निर्मित गरिएको छ । सीएटीएलको एलएफपी ब्याट्री गाडीमा राखिएको छ । जुन अहिलेसम्मकै सबैभन्दा पातलो ब्याट्री टेक्नोलोजी रहेको बताइएको छ ।

सार्वजनिक कार्यक्रममा बोल्दै एमजी मोटर्सका जनरल म्यानेजर सुनिल बहादुर क्षत्रीले यी गाडी आरामदायी यात्राको लागि निकै उचित रहेको बताए । ‘एस ५ इभि नवीनता, सुरक्षामा सुधार र उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्छ, नयाँ पुस्ताको प्रविधि र सेग्मेन्ट–अग्रणी विशेषताहरूका साथ यी गाडी आएका छन्,’ उनले भने ।

एस५ मा १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र माथिल्लो भेरिएन्टमा प्यानोरामिक सनरुफ लगायतका सुविधा दिइएकाछन् । यस्तै, स्केलेबल मोडुलर प्लेटफर्ममा बनेको एमजी एस५ मा रियर ह्विल ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन लगायतका विभिन्न फिचर दिइएको छ ।

यी सबैका कारण ह्यान्डलिङ, स्टेबिलिटी र कम्फर्टमा सहजता थपिएको छ । स्मुथ र डाइनामिक राइडका लागि यो सेगमेन्टमै पहिलो पटक सस्पेन्सन सेटअप विकास गरिएको छ । एमजी एस५ ईभीले ७.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टा छ ।































प्रतिक्रिया