भारतमा शीर्ष १० एसयूभीको बिक्री सूची सार्वजनिक, पहिलो नम्बरमा सुजुकी फ्रङ्क्स

भारतमा शीर्ष १० एसयूभीको बिक्री सूची सार्वजनिक, पहिलो नम्बरमा सुजुकी फ्रङ्क्स

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । भारतमा शीर्ष १० एसयूभीको बिक्री सूची सार्वजनिक भएको छ । फेब्रुअरी २०२५ मा मारुती सुजुकी फ्रङ्क्स २१ हजार ४६१ युनिट बिक्री भई पहिलो स्थानमा छ ।

गत वर्षको समान अवधिमा यसको १४ हजार १६८ युनिट बिक्री भएको थियो । साथै हुन्डाईको क्रेटा १६ हजार ३१७ युनिट बिक्री गरी मिडसाइज एसयूभी सेगमेन्टमा आफ्नो प्रभुत्व कायम राखेको छ ।

सोही महिना मारुती सुजुकी ब्रेजा १५ हजार ३९२ युनिट बिक्री गरी सूचीमा तेस्रो स्थानमा छ । मारुती ब्रेजामा हालै ६ एयरब्यागको साथमा अपडेट गरिए तापनि यसको बिक्रीमा २ प्रतिशतले गिरावट आएको छ । टाटाको नेक्सन एसयूभी सूचीमा चौथो स्थानमा छ।

टाटा नेक्सनको बिक्री पनि ७ प्रतिशतले घटेको छ । अर्कोतिर एक समय लगातार राम्रो प्रदर्शन गर्ने टाटा पन्च पाँचौ स्थानमा झरेको छ । माइक्रो एसयूभी टाटा पन्च बिक्रीमा २१ प्रतिशत गिरावट भएको छ । गत फेब्रुअरीमा पन्च १८ हजार ४३८ युनिटबाट घटेर १४ हजार ५५० युनिटमा झरेको छ ।

महिन्द्रा लाइनअपमा लामो समयदेखि लोकप्रिय एसयूभी स्कोर्पियोको बिक्री पनि घटेको छ । यसको कुल १३ हजार ६१८ युनिट बिक्री भयो, जो १० प्रतिशतले घटेको छ । मारुती सुजुकीको ग्रान्ड भिटाराको बिक्री पनि ३ प्रतिशतले घटेर सूचीमा सातौ स्थानमा छ ।

हुन्डाईको भेन्यु १० हजार १२५ युनिट बिक्री गरी आठौ स्थानमा परेको छ । तर महिन्द्राको थार गत वर्षको तुलनामा ५९ प्रतिशत वृद्धि भएको छ । फेब्रुअरी २०२४ मा ५ हजार ८१२ युनिट बिक्री गरेको थियो भने यो वर्ष फेब्रुअरीमा ९ हजार २४८ युनिट बिक्री भएको छ ।

यो वर्ष महिन्द्रा एक्सयूभी थ्रीएक्सओले राम्रो प्रदर्शन गरेको छ र ७ हजार ८६१ युनिट बिक्री गरी ८६ प्रतिशत बढेको छ । अघिल्लो वर्षको समान अवधिमा केवल ४ हजार २१८ युनिट बिक्री भएको थियो ।

Skip This
Skip This
Logo