काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनासम्ममा १० खर्ब ४० अर्ब १ करोड रुपैयाँ अन्तर–बैंक कारोबार भएको छ ।
वाणिज्य बैंकहरुको ९ खर्ब ३७ अर्ब ८१ करोड र अन्य वित्तीय संस्था (वाणिज्य बैंकहरुबीच बाहेक) को १ खर्ब २ अर्ब २० करोड गरी उक्त रकम अन्तर–बैंक कारोबार भएको हो ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको २५ खर्ब ९६ अर्ब १८ करोड र अन्य वित्तीय संस्थाहरूको २ खर्ब ७६ अर्ब २६ करोड गरी कुल २८ खर्ब ७२ अर्ब ४४ करोड अन्तर बैंक कारोबार भएको थियो ।































प्रतिक्रिया