सिप्रदीद्धारा टाटाको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी जनकपुरमा लन्च

सिप्रदीद्धारा टाटाको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी जनकपुरमा लन्च

केन्द्रबिन्दु
93
Shares

काठमाडाै । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी जनकपुरमा लन्च गरेको छ। जनकपुरस्थित गिरिजा अटोमोबाइलमा बहुप्रतीक्षित यी नयाँ गाडीहरु लन्च गरिएको हो।

सो कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानका साथै मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै सिप्रदीका सिजापतीले भने, ‘आज जनकपुरमा टाटाका नयाँ गाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित छौँ। अब ग्राहकहरुले टाटाका ईभीहरु २७ लाख ४९ हजारबाट सुरु गरेर ५६ लाख ९९ हजार सम्ममा रोज्न पाउनु हुनेछ।’

‘इन्ट्री लेभल गाडी खोजिरहनुभएको ग्राहकले टियागो ईभी रोज्न सक्नुहुन्छ। बजेटमा एसयुभीको आनन्द खोज्ने ग्राहकले पन्च ईभी रोज्न सक्नुहुन्छ। अलि धेरै र टाढा यात्रा गर्ने ग्राहकले नेक्सन के३ ईभी रोज्न सक्नुहुन्छ। र प्रिमियम एसयूभीमा लामो दुरी भारतको पटना, दरभंगा यात्रा गरेर फिर्ता आउन चाहने ग्राहकहरुले आज लन्च गरेको कर्भ ईभी टप भेरिएन्ट लिन सक्नुहुन्छ। साथै भारतमा टाटा कम्पनीले राखेको चार्जिङ सुविधाहरुको फाइदा उठाउन सक्नुहुन्छ’, उनले भने।

त्यस्तै, गिरिजा अटोमोबाइलका प्रोपाइटर यांदु जैनले जनकपुरमा टाटा ईभीको बढी रेञ्ज भएको गाडीको आवश्यकता रहेको र आज कर्भ ईभी र नेक्सन के३ ईभीले त्यो पूरा गरेको बताए।

जनकपुरमा लन्च सकेर अब टाटाका नयाँ गाडीहरुको रिजनल लन्च वीरगञ्जमा हुन लागेको छ।

Logo