भेस्पा/अप्रिलिया स्कुटरको गैंडाकोटमा नयाँ शोरूम उद्घाटन, विशेष अफर र टेस्ट ड्राइभ क्याम्प घोषणा

भेस्पा/अप्रिलिया स्कुटरको गैंडाकोटमा नयाँ शोरूम उद्घाटन, विशेष अफर र टेस्ट ड्राइभ क्याम्प घोषणा

केन्द्रबिन्दु
15
Shares

गैंडाकोट । नेपालका लागि भेस्पा/अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले गण्डकी प्रदेश नवलपुर जिल्लाको गैंडाकोट-५, जनक क्याम्पस गेट अगाडि नयाँ शोरूम संचालनमा ल्याएको छ ।

रुबी ब्रदर्स मल्टीपर्पोज प्रालिमार्फत सञ्चालित यो शोरूमले ग्राहकहरूलाई बिक्री, सर्भिस, स्पेयर पार्ट्स, फाइनान्सिङ र एक्सचेन्ज सुविधाहरू उपलब्ध गराउनेछ।

गैंडाकोट क्षेत्रमा भेस्पा/अप्रिलिया स्कुटरको माग बढ्दै गएको कारण कम्पनीले नयाँ डिलरशिप सञ्चालन गर्ने निर्णय गरेको हो। शोरूमको उद्घाटन उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमित भट्टचन र उद्योग वाणिज्य संघ गैंडाकोटका अध्यक्ष दीपक सापकोटा ले संयुक्त रूपमा गरेका थिए ।

शोरूम उद्घाटनको अवसरमा ग्राहकहरूका लागि विशेष अफर घोषणा गरिएको छ। फागुन र चैत्र महिनाभरि लागू हुने सो अफर अन्तर्गत, स्कुटर खरिद गर्ने ग्राहकहरूले रु. १०,००० क्यास डिस्काउन्ट पाउनेछन्। पुरानो टु-ह्वीलर साट्न चाहने ग्राहकहरूले उत्कृष्ट मूल्यांकनसहित थप रु. १०,००० अतिरिक्त भ्यालुएसन प्राप्त गर्नेछन्। साथै, हरेक स्कुटर खरिदमा रु. ६,००० बराबरको स्मार्टवाच, भेस्पा अप्रिलिया ब्राण्डेड हेल्मेट र की-रिङ उपहार प्रदान गरिनेछ।

शोरूम उद्घाटनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रुबी ब्रदर्स मल्टीपर्पोजका प्रबन्ध निर्देशक रूपक पौडेलले ग्राहकहरू माझ भेस्पा अप्रिलिया स्कुटरको लोकप्रियता बढ्दै गएको जनाउँदै, गुणस्तरीय सेवा, बिक्री-पश्चात सेवा, स्पेयर पार्ट्स उपलब्धता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे ।

नयाँ शोरूम उद्घाटनसँगै गैंडाकोटमा भेस्पा/अप्रिलिया स्कुटरको टेस्ट ड्राइभ क्याम्प समेत सञ्चालन गरिनेछ। चैत्र महिनाभरि परीक्षण सवारी गर्ने ग्राहकहरूले विशेष गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। यस नयाँ शोरूमको स्थापनासँगै गैंडाकोट तथा आसपासका ग्राहकहरूलाई भेस्पा /अप्रिलिया स्कुटर सम्बन्धी सम्पूर्ण सेवा एकै स्थानमा प्राप्त हुने विश्वास लिइएको छ।

Logo