कागजमै सीमित नेपाली चियाको ट्रेडमार्क

कागजमै सीमित नेपाली चियाको ट्रेडमार्क

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपालमा उत्पादित अर्थोडक्स चियाको अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्न ‘ट्रेडमार्क’ तयार गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । यसले चियाको ब्रान्ड स्थापितमा समस्या भएको छ । विदेशी क्रेताको उपस्थितिमा गतवर्ष चैतको अन्तिम साता सगरमाथा आधार शिविर नजिकै स्याङबोचे लगेर ‘नेपाल टी क्वालिटी फ्रम दी हिमालय’ ब्रान्ड सार्वजनिक गरिए पनि अहिलेसम्म प्रयोगमा आएको छैन ।

बोेर्डले अमेरिका, अस्ट्रेलिया, चीन, जापान, फ्रान्स, क्यानडा, जर्मनी, रुस, डेनमार्क, भारत लगायत मुलुकका कफी क्रेतालाई सगरमाथा आधार शिविरमा लगेर नेपाली अर्थोडक्स चियाको स्वाद चखाउँदै ब्रान्ड सार्वजनिक गरेको थियो । नेपाली चियाको मार्केटिङ र ब्रान्डिङ गर्न ट्रेडमार्क सार्वजनिक गरे पनि कार्यान्वयन नहुँदा चिया उद्योगी निराश छन् । बोर्डले नेपाली अर्थोडक्स चिया सर्टिफिेकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४  जारी गरिसकेको छ ।

ट्रेडमार्क प्रयोगमा नआउँदा अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको पहिचान बन्न नसकेको हिमालयन सांग्रिला टी प्रोड्युसर प्रालिका निर्देशक कमल मैनालीले बताए । ‘नेपालमा कानुन धेरै आउँछन्, कार्यान्वयन हुँदैन,’ मैनालीले भने, ‘चिया लोगोको विषयमा पनि त्यस्तै भएको छ ।’

उक्त लोगो कसले प्रयोग गर्ने भन्ने गलत बुझाइले केही विरोधका स्वर आएको उनले बताए । ‘सबै नेपाली चियाले प्रयोग गर्ने भएकाले विवाद गर्नुपर्ने अवस्था छैन,’ मैनालीले पस्ट्याए । यो कार्यान्वनयमा ल्याउन बोर्ड, कृषि तथा पशुपक्षी मन्त्रालयले पहल गर्नुपर्ने चिया उद्योगीको माग छ ।
नागरिकबाट

Skip This
Skip This
Logo