काठमाडौं । चौधरी ग्रुपअन्तर्गत रहेको बेको ब्रान्डले निःशुल्क एसी सर्भिस क्याम्प २०२५ को आयोजना गरेको छ । यो शिविर अवधिभरि ग्राहकहरूले आफ्नो जुनसुकै ब्रान्डको एसीको जाँच र मर्मत कार्य निःशुल्क रूपमा गराउन सक्ने कम्पनीले जनाएको छ ।
शिविरमा सर्भिसिङ मात्र नभएर ग्राहकहरूले आफ्नो पुरानो एसी दिएर नयाँ लैजान पनि पाउने बताइएको छ । पुरानो दिएर नयाँ एसी एक्सचेन्ज गर्दा ग्राहकहरूलाई पुरानो एसीको उत्कृष्ट मूल्यांकन गरी नयाँ एसी प्रदान गरिने कम्पनीले जनाएको छ । नयाँ बेको एसीसँग पुरानो एसी साट्दा ५० प्रतिशतसम्मको अतिरिक्त मूल्यांकन पाउन सक्ने कम्पनीको भनाइ छ ।
त्यसैगरी, नयाँ एसी खरिदमा २० प्रतिशतसम्म छुट र एसीका स्पेयर पार्ट्स आवश्यक परेमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
यस विशेष सेवाको अर्को आकर्षक पक्ष भनेको एसी एक्सचेन्ज गर्दा प्राप्त हुने विशेष कुपन सुविधा हो । ग्राहकहरूले एसी एक्सचेन्ज गर्दा ३ हजार रुपैयाँबराबरका दुईवटा निःशुल्क सेवा कुपन प्राप्त गर्न सक्नेछन् ।





























प्रतिक्रिया