नबिल बैंकले सेयरधनीहरुलाई आकर्षक लाभांश घोषणा गरेको छ। बैंकको सोमबार सम्पन्न ५०२ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट ३४ प्रतिशत लाभांश दिने प्रस्ताब गरेको हो। बैंकले १२ प्रतिशत बोनस शेयर २२ प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
उक्त प्रस्ताब नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। लाभांशका लागि बैंकले बुक क्लोजका लागि पछि अलगै सूचना जारि गर्नेछ। बुक क्लोजको मितिसम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन।
यस अघि नेपाल बंगलादेश बैंक, सनराइज , एनएमबी, सानिमा, एभरेष्ट, स्टाण्डर्ड चार्टर्ड, र एनआईसी एशिया, सिद्दार्थ बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन ।





























प्रतिक्रिया