काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले आयोजना गरेको कलरफुल एक्सचेन्ज अहिले जारी छ ।
देशैभर सञ्चालित शोरुमहरुमा यस एक्सचेन्ज अवधिभर जुनसुकै ब्रान्डका पुराना गाडीहरु नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त ईभी गाडीहरुसँग साट्न सकिने भएको हो ।
एक्सचेन्ज क्याम्पमा सहभागी भएर ग्राहकहरुले इन्ट्री लेबलमा नेपालको सर्वाधिक रुचाइएको टियागो ईभी, कम बजेटमा एसयूभीको आनन्द दिने पन्च ईभी, अझै धेरै यात्रा गर्नेहरुको लागि नेक्सन के३ ईभी र प्रिमियम एसयूभी कुपे कर्भ ईभीमा आकर्षक डिलहरु पाउन सक्नेछन् । यस कलरफुल एक्सचेन्ज कार्यक्रममा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, १ वर्षको सवारी कर, एसेसरिज र हरेक बुकिङमा आकर्षक गिफ्ट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
सो अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभसमेत गर्ने मौका पाउनेछन् ।































प्रतिक्रिया