काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले नेपालमा १२० भन्दा धेरै शाखा रहेको चेन स्टोर बिगमार्टमा ‘एससीटी स्मार्ट वेड्नेस्डे’ अफर सुरु गरेकाे छ ।
यस अफरअन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससीटी-युपीआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत अर्थात् अधिकतम रु १०० हुने गरीे छुट प्राप्त गर्नेछन् । यसको लागी भुक्तानी गर्न एससीटी-युपीआईकार्ड प्रयोग गरी पीओएस मेसिन मार्फत नै भुक्तानी गर्नुपर्नेछ । यो अफर ६ महिना सम्म हरेक बुधबार बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ ।
एससीटीले हाल २१ वटा बैंक तथा वितिय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी स्मार्टकार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।































प्रतिक्रिया