काठमाडौं । भारतले दिउँसो बिजुली नदिएपछि अब नेपालका उद्योगहरूमा दैनिक १२ घण्टा लोडसेडिङ सुरू भएको छ।
पिकआवरका चार घण्टाबाहेक दैनिक २० घण्टाका दरले भारतबाट विद्युत् आयात भइरहेको थियो । तर, भारतको केन्द्रीय विद्युत् प्राधिकरणले गत १९ नोभेम्बरमा नेपाललाई विद्युत् निर्यात अनुमति दिँदा नै १५ मार्चदेखि ‘सन आवर’ (बिहान ६ देखि साँझ ६ बजेसम्म) मात्रै बिजुली दिने गरी अनुमति दिएको थियो ।
त्यसकारण गएको शनिबारदेखि उद्योगमा रातभरि लोडसेडिङ भइरहेको प्राधिकरणकाे भनाइ छ ।
त्यस्तै उक्त बैठकले नेपालले चाहेका बेला आयात गर्दा तिर्नुपर्ने नयाँ दरसमेत तोकेको छ। त्यसरी आयात गर्दा १३२, ३३ र ११ केभी प्रसारण लाइनमार्फत विद्युतको प्रतियुनिट दर क्रमशः ८.१०, ८.७८ र ९.४१ भारतीय रूपैयाँ तोकिएको छ। तर, बोर्ड बैठकले पिइसीको विषय अनुमोदन नगरेपछि समस्या आएकाे हाे ।





























प्रतिक्रिया