नेपालमा पहिलोपटक ‘टाटा अल्ट्रा ग्रिज’ लन्च

नेपालमा पहिलोपटक ‘टाटा अल्ट्रा ग्रिज’ लन्च

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । टाटा मोटर्सद्वारा उत्पादित टाटा जेनुइन पार्ट्स र टाटा मोटर जेनुइन आयलको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रालिले नेपालमा पहिलोपटक ‘टाटा अल्ट्रा ग्रिज’ लन्चिङ गरेको छ।

सुर्खेतस्थित होटेल सिद्धार्थमा मंगलबार (चैत ५ गते) आयोजित त्यस क्षेत्रका मोटर पार्ट्स व्यवसायीहरु र मेकानिक्सहरुको भेलामा सिप्रदी अटो पार्ट्स प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी, टाटा मोटर्सका टेरिटोरी पार्ट्स म्यानेजर मयंक मिश्रा र ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेश अध्यक्ष गोपाल गिरीले संयुक्त रुपमा लन्चिङ गरेका हुन्।

टाटा मोटर्सद्वारा उत्पादित उच्च गुणस्तरको लिथियम बेस्ट मल्टीपर्पोज ग्रिज डाटा अल्ट्रा ग्रिज ८० हजार किलोमिटरसम्म सर्भिस लाइफ भएको, अत्याधिक प्रेसरमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्ने, दीर्घकालीन उपयोग अवधि भएको, अटोमोटिभ र इन्डस्ट्रियल दुवै क्षेत्रमा उपयोग गर्न सकिने, घर्षणबाट हुने क्षतिबाट बचाउन अत्यन्तै प्रभावशाली यो ग्रिज नेपाली बजारमा सर्वत्र रूपमा उपलब्ध गराउने जानकारी सिप्रदी अटो पार्ट्सका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले गराए।

नेपाली बजारमा सधैँ उत्कृष्ट मोटर पार्ट्स तथा लुब्रिकेन्स उपलब्ध गराउँदै आइरहेको सिप्रदीले यो अल्ट्रा ग्रिज सर्वसुलभ र किफायती मूल्यमा देशभर सर्वत्र उपलब्ध गराउने भएको छ।

Skip This
Skip This
Logo