चौधरी फाउण्डेसनको सहयोगमा प्रतापपुरमा शुद्ध खानेपानीको व्यवस्था

चौधरी फाउण्डेसनको सहयोगमा प्रतापपुरमा शुद्ध खानेपानीको व्यवस्था

केन्द्रबिन्दु
21
Shares

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा चौधरी फाउण्डेसनको सहयोगमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ । प्रतापपुरको वार्ड नं ९ मा पर्ने प्रतापपुर गाउँमा करिब १३ बर्षदेखि जीर्ण अवस्थामा रहेको खानेपानी आयोजनाको स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याइएको हो ।

बुधबार एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उक्त आयोजनाको उद्घाटन गरेका हुन् । उनले शुद्ध पानी पिउन पाउनुपर्ने नागरिकको अधिकार भएको बताए । उनले भने, ‘चौधरी फाउण्डेसनको सहयोगमा यहाँ शुद्ध खानेपानीको व्यवस्था भएको छ । यो काम हामीले अन्त पनि गर्नेछौं । नागरिकालाई शुद्ध खानेपानीको व्यवस्था गर्न सरकारले प्राथमिकताका साथ काम गर्नुपर्दछ ।’

चौधरी फाउन्डेसनको आर्थिक सहयोगमा उक्त आयोजनाको स्तरोन्नतिको कार्य गरिएको हो । शुद्ध खानेपानीको अभावमा प्रतापपुरमा अत्याधिक आर्सेनिकयुक्त खानेपानी पिउन बाध्य छन् ।

लामो समयदेखि बन्द रहेको खानेपानी आयोजनालाई प्रतापपुर गाउँपालिको सहकार्यमा चौधरी फाउण्डेसनको आर्थिक सहयोगमा शुद्ध खानेपानीको व्यवस्था गरिएको हो । सफा र शुद्ध खानेपानीको व्यवस्था भएपछि स्थानीय खुसी भएका छन् । उक्त आयोजनाबाट प्रतापपुरका संयौं घरपरिवार प्रभावित भएका छन् ।

पश्चिम नवलपरासीमा चौधरी फाउण्डेसनले युवा स्वरोजगार, महिला उद्यमशीलताका साथै शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा काम गर्दै आएको छ । सांसद चौधरी विकासका कामलाई केन्द्रमा राखेर निरन्तर निर्वाचन क्षेत्रमा सक्रिय हुँदै आएका छन् ।

Logo