काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । तोलामा एक लाख ७६ हजार रुपैयाँ पुगेको उक्त सुनको भाउ आज बिहीबार पनि कायम रहँदै कारोबार भइरहेको हो ।
यसैगरी, चाँदीको मूल्य भने घटेको छ । बुधबार दुई हजार ४५ रुपैयाँ निर्धारण भएको चाँदी आज तोलामा १५ रुपैयाँले घटेर दुई हजार ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।





























प्रतिक्रिया