काठमाडौं । ओमोडा/जेको गाडीको नेपालका लागि आधिकारिक विक्रेता एसपीजी अटोमोबाइलले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले ओमोडा/जेकोकाे पहिलो सुखद् वार्षिकोत्सव मनाएको हो ।
शारडा ग्रुपअन्तर्गतको उक्त कम्पनीले छोटो समयमा उल्लेखिय फड्को मार्दै ओमोडा/जेकोकाे बिक्रिमा एक वर्ष पूरा गरेको बताइएको छ । कार्यक्रममा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, निर्देशक गौरव शारडा र सन्दीप शारडाको पनि उपस्थिति थियो ।
शारडा ग्रुपका निर्देशक गौरव शारडाले एक वर्षमा विभिन्न समस्यालाई झेल्दै कम्पनीलाई यो अवस्थामा ल्याउन निकै मिहनेत गरेको बताए । ‘ओमोडा/जेकाे गाडी छोटो समयमै आम ग्राहकले रुचाउनु भएको छ, यो उहाँहरूले हामी प्रति गरेको विश्वास हो, यसलाई कायम राख्दै ओमोडा/जेको परिवारले सधैं गुणस्तरीय सेवा उपलब्ध गराउन प्रतिबद्ध छ,’ उनले भने ।

निर्देशक शारडाले एसपीजी अटोमोबाइलको टिमलाई शुभकामना पनि दिएका छन् । यस्तै, नेपालमा ओमोडा/जेकाे टप थ्री एसयूभी ब्रान्डको रूपमा रहेको कम्पनीको दाबी छ ।
ओमोडा/जेकाेले नेपालमा एक वर्ष यात्रा तय गर्दा ८ सय ८० बढी गाडी बिक्री भइसकेको एसपीजी अटोमोबाइलका जनरल म्यानेजर ज्ञानेन्द्रबहादुर चन्दले जानकारी दिए । ‘हामीले एलसी लिँदा एउटा नीति गाडी ल्याइ पुर्याउँदा अर्को नीतिले गर्दा केही समस्या बनायो, अन्योलता नै अन्योलताको बिचमा कम्पनीले आश लाग्दो उपलब्धि गरेको छ,’ उनले भने ।

चन्दका अनुसार एसपीजी अटोमोबाइलले ३० बढी चार्जिङ स्टेशनको पनि निर्माण गरिसकेको छ । छिट्टै कम्पनीले १०० भन्दा बढी चार्जिङ स्टेशन निर्माण गरी सञ्चालनमा ल्याउने योजनाको साथ काम भइरहेको चन्दको भनाई छ ।
अहिलेसम्म देशका मुख्य सहरमा ओमोडा/जेकाे १७ वटा शोरुम सञ्चालनमा छन् । उक्त शोरुमबाट गाडीसहित सर्भिसको पनि सुविधा उपलब्ध रहेको चन्दले बताए । एसपीजी अटोमोबाइलले ४३० किलोमिटर रेन्ज दिने ओमोडा ई५ र ४०० किलोमिटर रेन्ज दिने जेको जे६ अफरोड एसयूभी गाडी बिक्री गर्दै आएको छ ।

५ लाखसम्म छुटको व्यवस्था
एसपीजी अटोमोबाइलले ओमोडा/जेकाे पहिलो वार्षिकोत्सवकाे अवसरमा आकर्षक छुटको पनि व्यवस्था मिलाएको छ । कम्पनीले ओमोडा/जेको गाडीको खरिदमा ५ लाख १५ हजार रुपैयाँसम्मको छुट पाइने योजना ल्याएको हो ।
कम्पनीका अनुसार ग्राहकले ३ लाख नगद छुट पाउने र २ लाख १५ हजार रुपैयाँ बराबरको एसेसरिज तथा अन्य सुविधामा छुट पाउने छन् । यो योजनाअन्तर्गत गाडी खरिद गर्दा एक वर्षको इन्स्योरेन्स र रोड ट्याक्स निःशुल्क पाउने पनि सुविधा ल्याएको छ ।
साथै, ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मका ब्याट्री र मोटरमा वारेन्टी प्रदान गरिने कम्पनीले जनाएको छ । ग्राहकले हरेक जेको तथा ओमोडाको खरिदमा ७ किलोवाट क्षमताको वाल चार्जर पाउनेछन् । यो योजना आगामी ३१ मार्चसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया