डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा पुनः सुयोग श्रेष्ठ

डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा पुनः सुयोग श्रेष्ठ

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।

पोखरामा सम्पन्न एशोसियसनको १९औं वार्षिक साधारण सभाले श्रेष्ठलाई सर्वसम्मतीबाट दाेहाेर्याएकाे हाे । यसैगरी उपाध्यक्ष, सचिब र कोषाध्यक्षमा क्रमशः कामना सेवा बिकास बैंकको प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली, गरिमा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र ज्योति बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् ।

यस्तै, सदस्यहरुमा लुम्बिनी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा, साइन रेसुङ्गाका प्रकाश पौडेल, महालक्ष्मी बिकास बैंकका दिपेश लम्साल, ग्रिन डेपलपमेन्ट बैंकका हरिबहादुुर बुढाथोकी र सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल चयन भएका छन् ।

Skip This
Skip This
Logo